default_image

3 years ago

July 15, 2022

खराब लयमा रहेका कोहलीलाई बाबरको हौसला

155 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले पछिल्लो समय खराब प्रदर्शनको कारण चर्को आलोचना खेपिरहेका भारतीय ब्याटर विराट कोहलीलाई साथ दिँदै हौसला दिएका छन् ।

कोहलीले चोटका कारण इंग्ल्यान्डसँग पहिलो ओडिआई खेल गुमाउँदा दोस्रो खेलमा १६ रनमा आउट भए । भारत २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा रस टोप्लीले ६ विकेट लिएपछि १ सय ४६ रनमा अल आउट हुँदै १ सय रनले पराजित भयो ।

सन् २०१९ देखि अन्तर्राष्ट्रिय शतक प्रहार गर्न नसकेका कोहलीको पछिल्लो समय प्रदर्शन राम्रो छैन । कोहली ७७ अन्तर्राष्ट्रिय खेलदेखि शतक विहीन छन् । गत साता सम्पन्न टि२० आई सिरिजमा पनि कोहली १ र ११ रनमा आउट भएका थिए । टेस्टमा कोहली इंग्ल्यान्डविरुद्ध ११ र २० रनमा आउट भएका थिए ।

खराब समयबाट गुज्रिरहेका कोहलीलाई भारतले वेस्टइन्डिज भ्रमण अन्तर्गत ओडिआई र टि२०आई दुवै सिरिजमा विश्राम दिएको छ । आफ्नो पुस्ताका महान् खेलाडी रहेका कोहलीलाई बाबर आजमले सामाजिक सञ्जालमार्फत हौसला दिएका छन् । कोहलीले संघर्ष गर्दा बाबरले भने तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

बाबरले कोहलीको तस्विर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय पनि जानेछ, बलियो रहनु’ । बाबर वर्तमान ओडिआई र टि२० आई बरियता दुवैतर्फ शीर्ष स्थानमा छन् ।

पाकिस्तान र भारतबीच राजनीतिक हिसाबमा सम्बन्ध राम्रो छैन । त्यसैले यी दुई टोली एक आपसमा सिरिज खेल्दैनन् । तर खेलाडी भने एक अर्कालाई साथ दिँदै आएका छन् । मैदानमा देशबीचको सम्बन्ध खेलाडीमा भने देखिदैन । बाबरको उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ ।

कप्तान रोहित शर्माले पनि कोहलीलाई साथ दिँदै उनलाई एक दुई ठूलो इनिङको आवश्यक रहेको बताए । ‘सबै खेलाडीको प्रदर्शन तलमाथि हुन्छ । मैले अहिले सम्म लगातार राम्रो प्रदर्शन गरेको कुनैपनि खेलाडीलाई देखेको छैन । कोहली यति बर्षदेखि लगातार रन बनाउँदै टोलीलाई जिताएका छन् । उनलाई लयमा फर्किन एक वा दुई इनिङको आवश्यक पर्छ’, रोहितले दोस्रो ओडिआई खेलपछि पुन आफ्नो प्रतिक्रिया दोहोर्याए ।

‘चर्चा भइरहन्छ । हामीलाई थाहा हुन्छ । लय तलमाथि सबैको हुन्छ । मैले पछिल्लो पटक भनेकै थिए । लय खराब भएपनि खेलाडीको गुण कहिल्यै खराब हुँदैन । हामीले त्यो कुरा सधैं ध्यान राख्नुपर्छ । कोहलीले कति धेरै रन बनाएका छन् । धेरै शतक बनाएका छन । उनको रन औसत हेर्नुहोस् । अनुभव छ । अहिले सम्म त्यस्तो खेलाडी आएको छैन जसले खराब प्रदर्शन गरेको छैन’, रोहितले भने ।

यो पनि पढ्नुहोस् : विश्व क्रिकेटका वादशाह बाबर

विराट उत्कृष्ट कि बाबर ?

टोप्लीको कीर्तिमानी ६ विकेटसँगै भारतको लज्जास्पद हार

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.