3 years ago
July 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको छ ।
नामिबियाका कप्तान जेहार्ड एरास्मस ४ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा ओपनर लो हान्डी लोवरेन्सलाई २ रनमा बोल्ड आउट गरे ।
कप्तान सन्दीप लामिछाानेले सातौं ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गरे । उनी स्वीप खेल्ने चक्करमा मिस हुँदा बोल्ड भएका थिए ।
सोमपालले दशौं ओभरको पहिलो बलमा डेभिन ला ककलाई २७ रनमा बोल्ड आउट गरे । उनले ३० बलमा ५ चौका प्रहार गरे । नेपालले स्कटल्यान्डसँगको खेलबाट करण केसीलाई विश्राम दिँदा पवन सरार्फलाई मैदान उतारेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, पवन सर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]