default_image

2 years ago

July 16, 2022

कप्तान सन्दीपको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार बलिङ गरेका छन् । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्का सहित […]

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार बलिङ गरेका छन् । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ ।


नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्का सहित ५३ रनमा सन्दीपको बलमा स्टम्पिङ आउट भए । उनले ५६ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरे ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका छन् । निकोल सन्दीपको बलमा बोल्ड हुनुअघि ३५ बलमा १ चौकासहित १९ रन बनाए ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा ओपनर लो हान्डी लोवरेन्सलाई २ रनमा बोल्ड आउट गरे । कप्तान सन्दीप लामिछाानेले सातौं ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गरे । उनी स्वीप खेल्ने चक्करमा मिस हुँदा बोल्ड भएका थिए ।

सोमपालले दशौं ओभरको पहिलो बलमा डेभिन ला ककलाई २७ रनमा बोल्ड आउट गरे । उनले ३० बलमा ५ चौका प्रहार गरे । ज्यान फिंलिकलाई सन्दीपले नै ३ रनमा बोल्ड आउट गरेका थिए ।

सन्दीपले ७ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिएका छन् । सोमपाल कामीले ६ ओभरमा रन खर्चेर २ विकेट लिएका छन् । क्रिजमा जेजे स्मित २ र डेविड विजा १ छन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.