default_image

2 years ago

July 16, 2022

सन्दीप र सोमपाल चल्दा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय रनको मध्यम लक्ष्य दिएको छ । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ […]

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय रनको मध्यम लक्ष्य दिएको छ ।

कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

सन्दीपको निकोललाई १९ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा ओपनर लो हान्डी लोवरेन्सलाई २ रनमा बोल्ड आउट गरे । कप्तान सन्दीप लामिछाानेले सातौं ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गरे । उनी स्वीप खेल्ने चक्करमा मिस हुँदा बोल्ड भएका थिए ।

सोमपालले दशौं ओभरको पहिलो बलमा डेभिन ला ककलाई २७ रनमा बोल्ड आउट गरे । उनले ३० बलमा ५ चौका प्रहार गरे । ज्यान फिंलिकलाई सन्दीपले नै ३ रनमा बोल्ड आउट गरेका थिए । जेजे स्मित ३४ बलमा २ छक्का र १ चौकासहित २७ रनमा देव खनालबाट क्याच आउट भए । बसिर अहमदको ३७ औं ओभरको तेस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअफमा क्याच आउट भएका थिए ।

४६ औं ओभरको पाँचौं बलमा डेविड विजा दुर्भाग्यपूर्ण रन आउट भए । आदिल अन्सारीलाई रुबेन ट्रम्पलम्यानले हानेको सट आदिलको खुट्टामा लागेर नन स्ट्राइकको स्टम्पमा लागेपछि विजा ३४ रनमा रन आउट भए । उनले ५० बलमा १ छक्का हाने । उनी आउट भएसँगै नामिबियाले बाँकी ५ रन मात्र बनायो ।


नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.