default_image

2 years ago

July 16, 2022

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ ।


जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौका सहित सर्वाधिक ३८ रन बनाए ।

तीव्र गतिका बलर ज्यान फिंलिकको पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल शून्यमा रुबेन ट्रम्पलम्यानबाट क्याच भए । फ्रिंलिककै पाँचौं ओभरको तेस्रो बलमा देव खनाल डिप मिडविकेटमा बेन सिकोन्गोबाट १ रनमा क्याच आउट भए ।
सुरुवातमा अम्पायरले देवको उक्त बललाई छक्का दिएका थिए । तर नामिबियाका खेलाडीले फिल्डर बेनलाई सोधेपछि पछि आउट भएका थिए । हेर्दा फिल्डरले बाउन्ड्री छोएको देखिन्थ्यो ।

आसिफ शेख स्पिनर बेर्नार्ड शोल्ट्जको १४ औं ओभरको दोस्रो बलमा डिप एक्स्ट्रा कभरमा कप्तान जेहार्ड एरास्मसबाट ३४ रनमा क्याच भए । उनले ३२ बलमा ६ चौका प्रहार गरे । बेर्नार्डको १९ औं ओभरको चौथो बलमा रोहित कटविहाइन्ड १७ रनमा आउट भए । रोहितले ५० बल खेलेका थिए । रोहित अम्पायरको निर्णयमा भने सन्तुष्ट थिएनन् ।


२३.१ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई दीपेन्द्र र आदिल अन्सारीले ३६ रनको साझेदारी गर्दै खेलमा फर्किने संकेत दिएका थिए । तर आदिल ठूलो सटको चक्करमा २० रनमा जेजे स्मितबाट क्याच आउट भए । आदिलले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र ३५ औं ओभरको पाँचौं बलमा दुई रन लिने धुनमा रन आउट भएपछि नेपालको जित कठिन बनेको थियो ।

पवन सरार्फ १० रनमा अविजित रहँदा सोमपाल कामी १ , बसिर अहमद र सन्दीप लामिछाने शून्यमा आउट भए । नामिबियाका स्पिनर बेर्नार्ड शोल्ट्जले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । जान फ्रिंलिकले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

सन्दीपको निकोललाई १९ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा ओपनर लो हान्डी लोवरेन्सलाई २ रनमा बोल्ड आउट गरे । कप्तान सन्दीप लामिछाानेले सातौं ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गरे । उनी स्वीप खेल्ने चक्करमा मिस हुँदा बोल्ड भएका थिए ।

सोमपालले दशौं ओभरको पहिलो बलमा डेभिन ला ककलाई २७ रनमा बोल्ड आउट गरे । उनले ३० बलमा ५ चौका प्रहार गरे । ज्यान फिंलिकलाई सन्दीपले नै ३ रनमा बोल्ड आउट गरेका थिए । जेजे स्मित ३४ बलमा २ छक्का र १ चौकासहित २७ रनमा देव खनालबाट क्याच आउट भए । बसिर अहमदको ३७ औं ओभरको तेस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअफमा क्याच आउट भएका थिए ।

४६ औं ओभरको पाँचौं बलमा डेविड विजा दुर्भाग्यपूर्ण रन आउट भए । आदिल अन्सारीलाई रुबेन ट्रम्पलम्यानले हानेको सट आदिलको खुट्टामा लागेर नन स्ट्राइकको स्टम्पमा लागेपछि विजा ३४ रनमा रन आउट भए । उनले ५० बलमा १ छक्का हाने । उनी आउट भएसँगै नामिबियाले बाँकी ५ रन मात्र बनायो ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ । नेपाल १९ खेलमा १० मा हार र ८ मा जितका साथ १७ अंकका साथ छैटौं स्थानमा झरेको छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा छ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १९ खेलमा ८ मा जित र १० मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.