default_image

2 years ago

July 17, 2022

पन्तको शतक र पान्ड्याको उत्कृष्ट प्रदर्शनमा भारतलाई सिरिज

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको शतक र अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज जितेको छ । भारतले तेस्रो खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर […]

124 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको शतक र अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज जितेको छ । भारतले तेस्रो खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।

जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर ऋषभ पन्त १ सय १३ बलमा १६ चौका र २ छक्कासहित १ सय २५ रनमा अविजित रहे । पन्तको यो पहिलो ओडिआई शतक हो । पन्तले ४२ औं ओभरमा डेविड विल्लीलाई लगातार चौका प्रहार गरेका थिए ।

हार्दिक पान्ड्या ५५ बलमा १० चौकासहित ७१ रनमा आउट भए । पाँचौं विकेटका लागि पन्त र हार्दिकले १ सय ३३ रनको शतकीय साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए । ओपनर रोहित शर्मा १७, शिखर धवन १, शिखर धवन १६ र विराट कोहली १७ रनमा आउट भए । इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक तीन विकेट लिए ।


त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गर्दै ४५.५ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जस बटलरले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । जेसन रोय ३१ बलमा ७ चौकासहित ४१, बेन स्टोक्स २७, मोईन अली ३४, क्रेग ओभरटन ३२, डेविड विल्ली १८ र लियाम लिभिङस्टोनले २७ रन बनाए ।

भारतका हार्दिक पान्ड्याले ७ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चहलले तीन र मोहम्मद शिराजले दुई विकेट लिए । पहिलो खेलमा भारत १० विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय रनले पराजित भएको थियो ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.