default_image

2 years ago

July 20, 2022

प्रशिक्षक दासानायकेले‌ राजिनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु […]

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु गत पुसमा नेपाल आएका थिए ।

दासानायके मुख्य प्रशिक्षक हुँदा नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । पुबुदुको पहिलो प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म डिभिजन चारदेखि दुई सम्मको यात्रा गर्यो ।

क्यानभित्रको आन्तरिक किचलोको कारण दासानायकेले सन् २०१५ मा नेपाली क्रिकेट छाडे । ६ वर्षपछि पुन: दोस्रो कार्यकालका लागि फर्किएका दासानायकेले लगातार कमजोर नतिजा हात पारेका छन् । 

दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडिआईमध्य ९ मा हार र ४ मा जित हात पारेको छ । एक खेल बाराबरीमा सकिएको छ । टि२० क्रिकेटमा १३ खेलमा १० मा जित र ३ मा हार छ । ओडिआईको १२ खेल विश्वकप लिग–२ का हुन् । जसमा नेपालले ७ खेल हारेको छ ।

दासानायिकेको प्रशिक्षणमा नेपालको हालसम्को नतिजा

पुबुदु दासानायके गत पुषमा नेपाल आएका थिए । त्यसबेला क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई समर्थन गर्दै अरु केहि खेलाडीले पनि प्रशिक्षणमा नजाने अडान लिएका थिए । धेरै प्रयासपछि खेलाडी प्रशिक्षणमा आए ।

नेपाल ओमानमा टि२० विश्वकप छनोट खेल्न जाँदै थियो । क्यानले भने एकदिवसिय प्रतियोगिता खेलेर त्यसको तयारी गरेको थियो । मिडिया र समर्थकको चर्को दबाबपछि टि२० प्रतियोगिता गर्यो । त्यसबेला खराब लयमा रहेका शरद भेषवाकरलाई टोलीमा समेट्दा सोमपाल कामी परेनन् । धेरैले सुरुमै आलोचना गरे ।

चार देश सम्मिलित सिरिजमा नेपालले तीन मध्य दुई खेलमा हार्यो । आयरल्यान्डले प्रस्तुत गरेको १ सय २८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो । टोलीसँग ओमान पुगेका करण केसी चोट देखाउँदै बाहिरिएपछि टोली झनै कमजोर बन्यो ।

समूह चरणमा लगातार तीन जितपछि विश्वकपमा पुग्नको लागि सेमिफाइनलमा पुएईसँग १ सय ७६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ७ रनमा अल आउट हुँदै लज्जास्पद ब्याटिङ गर्यो । अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने स्वर्णीम अवसर गुमायो । पुबुदुको पहिलो भ्रमण हुँदा तुलनात्मक रुपमा विश्वकप गुमाउँदा पनि आलोचना कम भयो । सबैले खेलाडीकै आलोचना गरे ।

विश्वकप छनोटमा नेपालले पाँच मध्य चार खेल जितेको थियो । त्यसपछि नेपालले युएईमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न गयो । युएईसँग १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय २० रनमा समेटियो । युएईसँगै २ सय ३ रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३ रनमा अल आउट भयो । घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुबै ओडिआई खेल खेलको सिरिज हार्नु पर्यो । जुन ओडिआईमा पहिलो क्लिनस्विप थियो ।

मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा बाँकी सबै खेलमा जित हात पार्यो । त्यसपछि नेपालले जिम्बावे ए सँग तीन टि२० अभ्यास खेल १–१ को बराबरीमा सक्यो । तीन एकदिवसिय अभ्यास खेल २–१ ले जित्यो । नेपाल जुनमा अमेरिका भ्रमण गर्यो । अमेरिका एक खेलमा जित, २ मा हार र एकमा टाइ भयो । अभ्यास खेलमा नेपाली अल स्टार्ससँग हारेको थियो ।

ओमानसँग पहिलो खेलमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ९८ रनमा अल आउट भयो । अमेरिकाविरुद्ध पहिला २ सय ७४ रन बनाएर पनि टाई गर्न पुग्यो । स्कटल्यान्ड भ्रमणमा पनि खराब ब्याटिङले तीन खेल गुमाउनु पर्यो ।

यो पनि पढ्नुहोस् : राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

दासानायकेको असफलतासँगै संकटमा ओडिआई मान्यता

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.