default_image

2 years ago

August 1, 2022

विष्फोटक ब्याटिङमा राज गर्ने नयाँ पुस्ता

157 views

0 Bookmark

क्रिकेटमा सबैभन्दा बढी मज्जा र रोमान्चक विष्फोटक ब्याटिङमा हुन्छ । हरेक समर्थक आफ्नो टोली वा समर्थन गरेको ब्याटरबाट चौका र छक्का चाहन्छन् । विष्फोटक ब्याटरले समर्थकलाई खुसी मात्र होईन पूरा खेललाई रमाइलो बनाउँछन् ।

विष्फोटक ब्याटिङको कुरा गर्दा विरेन्द्र सहवाग, ब्रेन्डन मक्कुलम, क्रिस गेल, युवराज सिंह, काइरन पोलार्ड, आन्द्रे रसेल, केभिन पिटरसन र एवि डिभिलियर्सको आफ्नो बेग्लै पहिचान छ । वर्तमान समयमा यो सूचीमा लियाम लिभिङस्टोन, जस बटलर, डेविड मिलर, हार्दिक पान्ड्या, ऋषभ पन्त, ग्लेन म्याक्सवेल लगायतका थुप्रै खेलाडी छन् ।

विष्फोटक ब्याटिङलाई निरन्तरता दिन विश्व क्रिकेटबाट थुप्रै युवा खेलाडी तयार भएका छन् । कतिपयले घरेलु क्रिकेट हुँदै अन्तर्राष्ट्रियमा आफूलाई प्रमाणित गरिसकेका छन् । विश्व क्रिकेटका ६ युवा खेलाडी जसले आउने दिनमा विष्फोटक ब्याटिङका साथ विश्व क्रिकेटमा प्रभाव जमाउन सक्छन् ।

६. फिन एलेन (न्युजिल्यान्ड)

२३ वर्षीय युवा ओपनर फिन एलेन न्युजिल्यान्डका वर्तमान समयका उत्कृष्ट आक्रामक ब्याटर हुन् । मक्कुलमले देखाएको न्युजिल्यान्डको विष्फोटक ब्याटिङ मार्टिन गुप्टिल हुँदै फिन एलेनमा पुगेको छ । एलेनले टि२० फ्रेन्चाइज हुँदै न्युजिल्यान्ड क्रिकेट टोलीबाट आफ्नो खुवी देखाइसकेका छन् ।

टि२० क्रिकेटमा उनको स्ट्राइकरेट १ सय ७५ माथि छ । जुलाई अन्तिम साता एलेनले स्कटल्यान्डविरुद्ध ५६ बलमा ८ चौका र ६ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । गत वर्ष बंगलादेशविरुद्ध २९ बलमा ७१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए ।

गत वर्ष एलेनलाई रोयल च्यालेन्जर्स बेंगलोरले टोलीमा अनुबन्ध गरेपनि खेल्ने अवसर पाएनन् । निडर स्वभावका एलेन उमेरले कलिलो छन् । उमेर बढ्दै जादा उनी थप आक्रामक बन्नेछन् ।

५. टम ब्यान्टन (इंग्ल्यान्ड)

इंग्ल्यान्ड वर्तमान समयमा विश्वको सबैभन्दा बढी विष्फोटक ब्याटरले भोरिएको टोली हो । इंग्ल्यान्डको विष्फोटक ब्याटिङ विरासतलाई निरन्तरता दिन थुप्रै खेलाडी तयार भएका छन् । त्यसमध्यका एक २३ वर्षीय टम ब्यान्टन हुन् ।

ब्यान्टनले इंग्ल्यान्डबाट ओडिआई र टि२० आई खेलि सकेका छन् । क्रिकेट विज्ञहरु ब्यान्टनमा क्रिकेटका सबै सटहरु रहेको बताउँछन् । ब्यान्टनले मैदानको चारैतर्फ सट प्रहार गर्दै विशाल योगफल बनाउन सक्छन् ।

ब्यान्टनको टि२० आईमा १ सय ४८ को स्ट्राइकरेटमा रन बनाएका छन् । दुईवर्ष अघि उनले पाकिस्तानविरुद्ध टि२० आई खेलमा ४२ बलमा ४ चौका र ५ छक्कासहित ७१ रनको इनिङ खेलेका थिए । गत जनवरीमा वेस्टइन्डिजविरुद्ध उनले ३९ बलमा ६ छक्कासहित ७३ रनको इनिङ खेलेका थिए ।

जस बटलर र जेसन रोयका कारण उनले नियमित मौका पाएका छैनन् । उनलाई रोयको विकल्पको रुपमा हेरिएको छ । घरेलु क्रिकेटमा ब्यान्टनले अझ सानदार प्रदर्शन गरेका छन् । ब्यान्टनलाई आइपिएलमा २०२० मा कोलकाताले एक करोड भारुमा किनेको थियो ।

ब्यान्टनले २०१९ को टि२० ब्लास्टमा १३ खेलमा १ शतक र ४ अर्धशतक सहित ५ सय ४९ रन बनाउँदै इंग्ल्यान्डको टोलीको ढोका खोलेका थिए ।

४. जोश फिलिपे (अष्ट्रेलिया)

२५ वर्षीय जोश फिलिपे अष्ट्रेलियाका भविष्य हुन् । फिलिपेले टि२० लिग र अष्ट्रेलियाबाट आफ्नो प्रभाव छाडिसकेका छन् । फिलिपे सिड्नी सिक्सर्सबाट बिग ब्यास लिग खेल्दै २०२१/२२ मा ५ सय ८ रन बनाएका थिए । रोयल च्यालेन्जर्स बेंगलोरबाट आइपिएल खेलि सकेका फिलिपे ठूला सटका लागि माहिर खेलाडी हुन् ।

गतवर्ष फिलिपेले ६१ बलमा मेलबर्न स्टार्सविरुद्ध ९९ रनको अविजित इनिङ खेलेका थिए । बिग ब्यासमा लगातार सानदार प्रदर्शनपछि अष्ट्रेलियाको टोलीमा परेपनि डेविड वार्नर आरोन फिन्च हुँदा निरन्तरता पाउन सकेनन् । फिन्च र वार्नर आफ्नो करिअरको अन्तिम समय तिर छन् । वार्नर र फिन्चको आक्रामक ब्याटिङलाई फिलिपेले निरन्तरता दिने देखिन्छ ।

३. डेवाल्ड ब्रेभिस (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका १९ वर्षीय डेवाल्ड ब्रेभिसलाई (बेबी एवि डिभिलियर्स) भन्ने गरिन्छ । ब्रेभिसको खेल्ने शैली ठ्याक्कै डेभिलियर्ससँग मिल्न जान्छ । उनले यू–१९ र टि२० फ्रेन्चाइज लिगमा त्यसलाई प्रमाणित गरेका छन् ।

गत वर्ष यू–१९ विश्वकपमा ब्रेभिसले ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल ५ सय ६ रनका साथ शीर्षस्थानमा थिए । ब्रेभिस एकै यू–१९ विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

ब्रेभिसले बंगलादेशविरुद्ध १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्डविरुद्ध उनले ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रन, आयरल्यान्डसँग ९६, युगान्डाविरुद्ध १ सय ४ र भारतविरुद्ध ६५ रनको इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गरेका थिए ।

आइपिएलमा मुम्बईले उनलाई गत सिजनमा तीन करोड भारुमा किनेको थियो । ब्रेभिसले आइपिएलमा विष्फोटक ब्याटिङका साथ ७ खेलमा १४२ को स्ट्राइकरेटमा १ सय ६१ रन बनाएका थिए ।

ब्रेभिसले ठूला ठूला सट प्रहार गर्ने गर्दछन् । उमेर बढ्दै जादा विष्फोटक ब्याटिङमा अझ निखारिने छन् । ब्रेभिसले डिभिलियर्सको विष्फोटक ब्याटिङलाई निरन्तरता दिने आशा गरिएको छ ।

२. ट्रिस्टन स्टब्स

२१ वर्षीय विकेटकिपर ब्याटर ट्रिस्टन स्टब्सले आफ्नो पहिलो इनिङमै इंग्ल्यान्डविरुद्ध टि२० आईमा २८ बलमा ८ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए । उनको यो इनिङले नै क्षमता बताउँछ । उक्त खेलमा क्विन्टन डि कक, राइलो रोसो र डेविड मिलर जस्ता खेलाडीले दोहोरो अंकमा रन नबनाउँदा स्टब्सले छक्काको वर्षा बनाउँदै १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

स्टब्सको टि२० को स्ट्राइकरेट १६३ छ । यसै सिजनमा मुम्बईका टाइमल मिल्स घाइते भएपछि अन्तिम दुई खेलका लागि मुम्बईले उनलाई टोलीमा अनुबन्ध गरेको थियो । त्यसको मुख्य कारण अर्को वर्ष महँगो मूल्यमा तिर्न नपरोस भनेर थियो ।
स्टब्स ठूला ठूला सट हान्न माहिर छन् । उनी अन्तर्राष्ट्रिय अनुभवसँगै अझै निखारिने छन् ।

उनी विष्फोटक ब्याटिङमा झनै माहिर हुन सक्छन् । उनको भूमिका त्यसै अनुसार छ । कलिलो उमेरमा लोभलाग्दा सानदार सट हान्दै आएका उनले आगमी दिनमा विष्फोटक ब्याटिङमा राज गर्ने देखिन्छ । उनको खेल हेरेपछि दक्षिण अफ्रिका पूर्व तीव्र गतिका बलर डेल स्टेनले लेखेका छन, ‘ब्रेभिस, स्टब्स अर्को १० वर्ष संसारले मनोरञ्जन लिनेछ।’

१. टिम डेविड (अष्ट्रेलिया)

२६ वर्षीय टिम डेविडले सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गरेपनि विष्फोटक ब्याटिङको राज अष्ट्रेलियाबाट गर्ने देखिन्छ । टिम डेविडले सिंगापुरबाट १४ टि२० आई खेलमा ४ अर्धशतकसहित १५८.५२ को स्ट्राइकरेटमा ५ सय ५८ रन बनाएका छन् । २०१९ मा टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारविरुद्ध डेब्यू गरेका थिए । त्यस समय उनी अष्ट्रेलियामा मौका नपाएपछि सिंगापुरबाट खेलेका थिए ।

तर डेविडले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा घरेलु टोलीको सदस्य हुने अनुमान गरिएको छ । डेविडले २०२० मार्चपछि सिंगापुरबाट खेलेका छैनन् । यसै महिना उनले सिंगापुरबाट टि२० विश्वकप छनोट नखेलेपछि अव अष्ट्रेलियाबाट खेल्ने देखिन्छ । अष्ट्रेलिया कप्तान आरोन फिन्चले पनि अव उनलाई मौका दिने संकेत दिएका छन् ।

यस सिजनको आइपिएलमा मुम्बई इन्डियन्सले टिम डेविडलाई ८ करोड २५ लाख भारुमा किनेको थियो । आइपिएलमा डेविडले ८ खेलमा २१६ को स्ट्राइक रेटमा १ सय ८६ रन बनाएका थिए । फिनिसर डेविडले १२ चौका र १६ छक्का हानेका थिए । बिग ब्यास लिग, पाकिस्तान सुपर लिग लगायतका अन्य फ्रेन्चाइज लिगमा निरन्तर सानदार प्रदर्शन गर्दै आएका छन् । डेविडलाई अव अष्ट्रेलियाको विष्फोटक हतियारको रुपमा हेरिएको छ ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.