default_image

2 years ago

August 9, 2022

पूर्व कप्तान ज्ञानेन्द्र राष्ट्रिय टोलीमा फर्किए

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । अर्को महिना केन्यासँग हुने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यासको खेलको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा ज्ञानेन्द्र टोलीमा समेटिएका हुन् ।

ज्ञानेन्द्रलाई नेपालले गत मार्च युएईमा सम्पन्न आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजपछि टोली बाहिर राखेको थियो । लगातार खराब प्रदर्शनको कारण ज्ञानेन्द्र टोलीबाट बाहिरिएका थिए । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई खेल, पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो ।

त्यस्तै घरेलु मैदानमा जिम्बावे ए सँग समान तीन टि२० र एकदिवसिय अभ्यास खेल खेलेको थियो । उनले विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमण गुमाएका थिए । टोलीमा लगातार युवा खेलाडीको खराब प्रदर्शन र युवा खेलाडीले राम्रो प्रदर्शन नगरेपछि ज्ञानेन्द्र टोलीमा फर्किएका हुन् ।

टोलीमा अनुभवी खेलाडीको आवश्यक हुँदा ज्ञानेन्द्र फर्किएका हुन् । ज्ञानेन्द्र टोलीमा फर्किदा पछिल्लो समय लगातार टोलीमा पर्दै आएका कुशल भुर्तेल भने बाहिरिएका छन् । पछिल्लो समय भुर्तेलको प्रदर्शन राम्रो हुन सकेको थिएन । स्कटल्यान्ड भ्रमणमा कुशल २७, २७, ० र ३ रनमा आउट भएका थिए ।

ज्ञानेन्द्र टोलीमा फर्किदा उनीसँग दुई विकल्प हुनेछ । उनले आसिफ शेखका साथ इनिङ ओपन गर्ने सम्भावना छ । त्यस्तै देव खनाललाई ओपनिङ गराउँदै ज्ञानेन्द्र मल्ललाई तेस्रो नम्बरमा खेलाउने विकल्प पनि रहनेछ । तेस्रो नम्बरको ब्याटरको प्रदर्शन सधैं महत्वपूर्ण हुने गर्दछ । हाल टोलीमा अनुभवी खेलाडी आवश्यक रहँदै आएको छ । टोलीमा कुशल र विनोद भण्डारी बाहिरिएका छन् । युवा अलराउन्डर विवेक यादव र स्पिनर साहब आलमले पनि टोलीमा पूनरागमन गरेका छन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

अर्जुनलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.