default_image

2 years ago

August 13, 2022

इंग्ल्यान्डमा कप्तान पुजाराको आक्रामक शतक

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगितामा आक्रामक शतक हानेका छन् । लिष्ट ए मान्यता प्राप्त रोयल लन्डन वान डे कपमा पुजाराले सक्सेसबाट वारविक्शायरविरुद्ध कप्तानी इनिङ खेल्नेक्रममा ७९ बलमा ७ चौका र २ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेले । पुजाराले शतक हानेपनि टोली भने चार […]

74 views

0 Bookmark

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगितामा आक्रामक शतक हानेका छन् ।

लिष्ट ए मान्यता प्राप्त रोयल लन्डन वान डे कपमा पुजाराले सक्सेसबाट वारविक्शायरविरुद्ध कप्तानी इनिङ खेल्नेक्रममा ७९ बलमा ७ चौका र २ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेले । पुजाराले शतक हानेपनि टोली भने चार रनले पराजित भयो ।

जितको लागि ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको सक्सेसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो । पुजाराले ७३ बलमा शतक पूरा गरेका थिए । जसक्रममा पुजाराले ४५ औं ओभरमा लियाम नोर्वेललाई तीन चौका र एक छक्कासहित एकै ओभरमा २२ रन जोडेका थिए ।

ओपनर अली ओरर १ सय २ बलमा ६ चौका र ३ छक्कासहित ८१ रनमा आउट भए । वारविक्यारका क्रुनाल पान्ड्याले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । जर्ज ग्यारेट र ओलीभर ह्यानन डाल्बीले दुई दुई विकेट लिए ।


त्यसअघि बर्मिंघममा टस जितेर पहिला ब्याटिङ थालेको वारविक्शायरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो । उसका ओपनर रोब यट्स १ सय ११ बलमा १४ चौका र २ छक्कासहित सर्वाधिक १ सय ११ रनमा आउट भए ।

कप्तान विल रोड्सले ७० बलमा ७ चौका र २ छक्कासहित ७६ रनमा आउट भए । विकेटकिपर माइकल बर्गेस ५१ बलमा ३ चौका र ३ छक्कासहित ५८ रनमा आउट भए ।

सक्सेसका ब्राडली करी र एरिस्टाइड्स करवेलसीले दुई दुई विकेट लिए । भारतीय टोलीबाट मौका नपाएका खेलाडीले इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । पुजारासँगै उमेश यादव, क्रुनाल पान्ड्या, वासिन्टन सुन्दर लगायतका खेलाडी छन् ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.