3 years ago
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लसँग युवा खेलाडीलाई सिक्ने राम्रो मौका रहेको बताएका छन् । केन्या भ्रमणको लागि ज्ञानेन्द्र टोलीमा फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । त्यस्तै सन्दीपले केन्या भ्रमणको तयारी, नयाँ प्रशिक्षक मनोज प्रभाकर, युवा खेलाडी, केन्याको अवस्था लगायत विभिन्न पक्षमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

‘अहिले हामीले मैदानमा खासै अभ्यास गर्न पाएका छैनौं । इन्डोरमा प्रशिक्षकले खेलाडीलाई हेर्ने प्रक्रियामात्र भएको छ । समग्रमा सबै ठिकै छ’, सन्दीपले प्रशिक्षण बारे भने ।
भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आएको तीन चार दिन मात्र भएको छ । सन्दीप फरक कुराहरु पाई रहेको बताउँछन् । ‘ठिकै छ । फरक सोचबाट सिकाई रहनुभएको छ । आफ्नो पनि के के छ प्रशिक्षकसँग सहकार्य गर्ने भन्नेछ । प्रशिक्षक र मेरो दुवै योजनालाई अघि बढाउने गरेका छौं । केन्या भ्रमणको लागि उपयुक्त एउटा योजना आउँछ’, सन्दीपले प्रशिक्षक प्रभाकरबारे भने ।

नेपालले केन्यामा पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्ने छ । सन्दीप राम्रो अनुभव हुने बताउँछन् । ‘सबैजनाको लागि राम्रो अनुभव हो । टोलीमा केहि नयाँ अनुसार र केहि फिर्ता पनि आउनु भएको छ । यो एउटा खाली समय थियो । खेलाडीहरुलाई व्यस्त राख्न राम्रो वातावरण पनि हो’, केन्या भ्रमण बारे भने ।
केन्याको पछिल्लो समय प्रदर्शन राम्रो छैन । केन्या विगतमा एसोसियट टोलीको सर्वाधिक सफल देश हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो ।
२००३ को विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो । सन् २००० देखि २००४ सम्म गरि तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ ।
सन्दीप एसोसियट स्तरमा कुनैपनि टोलीलाई कमजोर आँक्न नसकिने बताएका छन् । ‘एसोसिएट स्तरमा कुनैपनि टोलीलाई कमजोर पनि लिन मिल्दैन । हामी आफ्नो प्रक्रिया जारि राख्नेछौं । सकेसम्म राम्रो भन्दा राम्रो नतिजा ल्याउने छौं ।’
केन्या नेपालको लागि नौलो ठाउँ हो । कुनैपनि खेलाडीमा नयाँ वातावरण र पिचमा गएर प्रदर्शन गर्न सहज हुँदैन । सन्दीप पनि त्यहाँको कन्डिसन हेर्नुपर्ने बताउँछन् । ‘अब केन्या नै गएर हेर्नुपर्ने हुन्छ । यदि कुनै खेलाडीले खेल्नु भएको छ भने पनि पहिला भन्दा कन्डिसन धेरै फरक भएको होला । त्यहाँ गएर विकेट हेरेर नै योजना बनाउँछौं’, उनले भने ।

केन्या भ्रमणको लागि पाँच महिनापछि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पूनरागमन गरेका छन् । ‘उहाँ टोलीमा फर्किनु राम्रो हो । हामी लामो समयदेखि एकै परिवारको रुपमा रहेका छौं । हामी वहाँको अन्डरमा पनि खेलेका छौं । वहाँ साँच्चै अनुभवी खेलाडी हो । टोलीमा वहाँ फर्कंदा सकरात्मक कुरापनि आउने आशा गरेका छौं । पक्कैपनि आउँछ । धेरै अनुभवी खेलाडी हुँदा युवा खेलाडीहरुलाई सिक्ने राम्रो अवसर पनि छ’, सन्दीपले ज्ञानेन्द्रको पूनरागमन बारे भने ।
पछिल्लो समय नेपाली क्रिकेट टोलीमा अनुभवी खेलाडी नहुनु कमजोरीको रुपमा रहेको छ । सन्दीप ज्ञानेन्द्रको आगमनले टोलीमा त्यो समस्या समाधान हुनेमा स्वीकार गर्दछन् । ‘पक्कैपनि हामी वहाँबाट यहि आशा गर्दछौं । वहाँको अनुभव जति छ सबैसँग त्यति छैन । कतिपय युवा खेलाडीले वहाँको अनुभवबाट ज्ञान लिनेछन् र आफ्नो तर्फबाट के गर्न सक्ने प्रस्तुत पनि गर्नेछन्’, सन्दीपले भने ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर अर्जुन साउद पहिलो पटक सिनियर टोलीमा परेका छन् । सन्दीप उनलाई भविष्यको रुपमा हेरेका छन् । ‘उनको भविष्य राम्रो छ । टेक्निकहरु एकदमै राम्रो छ । यू१९ देखिनै एउटा स्तरको क्रिकेट खेल्दै आइरहेका खेलाडीको लागि राम्रो कुरा हो । नेपाली क्रिकेटका भविष्य हुन् । त्यहाँ गएर कतिको प्रदर्शन गर्न सक्छन् त्यो हेर्न बाँकी छ’, अर्जुनबारे कप्तानले भने ।

टोलीमा विवेक यादव र साहब आलमले पनि पूनरागमन गरेका छन् । विवेकले टि२० विश्वकप छनोट र त्यसपछि मौका पाएका थिएनन् । घरेलु क्रिकेटका एक उत्कृष्ट अलराउन्डर मानिएपनि अवसर भने पाउन सकेका छैनन् । सन्दीप केन्याको कन्डिसनमा टोली छनोट भर पर्ने बताउँछन् ।
‘हामी केन्या जान्छौं । त्यहाँको कन्डिसन हेर्ने छौं । कन्डिसनमा कस्तो हुन्छ त्यसमा भरपर्छ । पक्कैपनि नेपालको लागि उनी एक प्रतिभावान् खेलाडी हुन् । केन्यामा गएपछि छलफल हुनेछ’, विवेकको अवसरबारे भने । केन्यामा नेपालको लक्ष्य भने सबै खेल जित्ने रहेको सन्दीपले बताएका छन् ।
नेपाल २३ अगष्टमा केन्या जानेछ । २५ अगष्टमा पहिलो टि२० आई खेल्नेछ । टि२० आई सिरिज ३० अगष्टमा सकिनेछ । त्यसपछि सन्दीप क्यारेविन प्रिमियर लिग खेल्न जादा तीन एकदिवसिय अभ्यास सिरिजमा रोहित पौडेलले कप्तानी गर्नेछन् ।
पूरा भिडियो :
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]