default_image

2 years ago

August 18, 2022

आयरल्यान्डलाई अफगानिस्तानविरुद्धको सिरिज

84 views

0 Bookmark

एजेन्सी – घरेलु टोली आयरल्यान्डले अफगानिस्तानविरुद्धको पाँच टि२० आई खेलको सिरिज जितेको छ । निर्णायक तथा पाँचौं टि२० आई खेलमा आयरल्यान्डले अफगानिस्तानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराउँदै सिरिज ३–२ ले जित्न सफल भएको हो ।

वर्षाले प्रभावित खेलमा आयरल्यान्डले ५६ रनको विजयी लक्ष्य ६.४ ओभरमा तीन विकेट गुमाउँदै दुई बल अगाडि नै पूरा गर्दै सिरिज जित्यो । अन्तिम ६ बलमा ७ रन चाहिँएको अवस्थामा जर्ज डोकरेलले फरिद अहमदलाई तेस्रो बलमा चौका प्रहार गर्दै जित सहज बनाए ।

आयरल्यान्डका ओपनर पउल स्टर्लिङ १६, कप्तानी एन्डी बलबर्नी ९, लोर्कान टकर १४, ह्यारी टेक्टर ९ र जर्ज डोकरेलले ७ रन बनाए । योसँगै स्टर्लिङले टि२० आईमा तीन हजार पूरा गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, न्युजिल्यान्डका मार्टिन गुप्टिलपछि टि२० आईमा तीन हजार रन बनाउने स्टर्लिङ चौथो खेलाडी हुन् । अफगानिस्तानका मुजिब उर रहमानले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । लामो समय वर्षा हुँदा डकवर्थ लेविस पद्धतिको आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

अफगानिस्तानका उस्मान घानीले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । हज्रातुल्लाह जजाई र नाजिबउल्लाह जद्रानले समान १० रन बनाए । आयरल्यान्डका मार्क आदिरले २ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

पहिलो र दोस्रो खेलमा आयरल्यान्ड ७ विकेट र ५ विकेटले विजयी भएको थियो । तेस्रो र चौथो खेलमा अफगानिस्तान २२ रन र २७ रनले विजयी भएको थियो ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.