default_image

3 years ago

August 18, 2022

न्युजिल्यान्ड वेस्टइन्डिजसँग पराजित

309 views

0 Bookmark

एजेन्सी – स्पिनर अकिल हुसैन र तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले ९१ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

ओपनर शाई होप २६ र काइल मेयर्स ६ रनमा आउट भए । कप्तान निकोलस पुरन २८, जर्मेन ब्यालेकहुड १२ र जेसन होल्डरले १३ रन बनाए । न्युजिल्यान्डका टे«न्ट बोल्ट र टिम साउथीले समान दुई दुई विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड ४५.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५० बलमा ४ चौकासहित सर्वाधिक ३४ रन बनाए । ओपनर मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनमा आउट भएका थिए । एलेनले २४ बलमा २ चौका र २ छक्का हाने ।

डेभन कन्वे ४, टम लथम १२, डर्याल मिचेल २०, माइकल ब्रेसवेल ३१ र मिचेल सान्टनर २५ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले १० ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

अल्जारी जोशेफले ८.२ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । जेसन होल्डरले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.