default_image

2 years ago

August 21, 2022

एसिया कप छनोटमा हङकङको विजयी सुरुवात

एजेन्सी – हङकङले ओमानमा शनिबारबाट सुरु भएको एसिया कप टि२० छनोटको पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनायो । सिंगापुरका जनक प्रकाशले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाए […]

111 views

0 Bookmark

एजेन्सी – हङकङले ओमानमा शनिबारबाट सुरु भएको एसिया कप टि२० छनोटको पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।

सिंगापुरका जनक प्रकाशले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाए । ओपनर अरित दत्त २९, रिजा गाजनाभी १७, मनप्रीत सिंह १२ र अवि दीक्षित १९ रनमा आउट भए । हङकङका एहसान खानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मोहम्मद मोहम्मद गजनफारीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ओमानको अलअमरेतमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । हङकङका किनचित शाहले ३२ बलमा २ चौकासहित सर्वाधिक ३४ रन बनाए । हारुन अशरद १४ बलमा ३ चौकासहित २७ रनमा अविजित रहे । जिशान अली २० र यासिम मुर्तजा २६ रनमा आउट भए । बाबर हायत ६ रनमा आउट हुन पुगे ।

सिंगापुरका अम्जद महबुब,जनक प्रकाश र अक्षय पुरीले समान दुई विकेट लिए । एसिया कप छनोटमा हङकङ, युएई, कुवेत र सिंगापुर छन् । लिगको खेलपछि शीर्ष स्थानमा रहने टोलीले अगष्ट २७ देखि युएईमा हुने एसिया कप खेल्न पाउनेछन् । छनोटबाट जाने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
यो पनि : जब नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमायो

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.