default_image

2 years ago

August 22, 2022

‘मिहिनेत अनुसार नतिजा आएको छ’– रोहित

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान तथा युवा ब्याटर रोहित पौडेलले आफूले मिहिनेत गरे अनुसार नतिजा आएको बताएका छन् । केन्यासँग खेल्ने पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्न जानुअघि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘नयाँ प्रशिक्षक एकदमै राम्रो हुनुन्छ । किनभने वहाँ आएपछि चाहिँ हामीले ब्यसिक (न्यूनतम) कुराहरुमा बढी ध्यान दिएका छौं । मुख्यता ओडिआईमा बेसिक एकदमै महत्वपूर्ण हुन्छ । हामीले त्यसैमा काम गरेका छौं । बलर होस् वा ब्याटर ब्यसिक कुरा धेरै महत्वपूर्ण हुन्छ’, उप–कप्तान रोहितले हाम्रो खेलकुदसँग भने ।

केन्या भ्रमणमा हाम्रो लक्ष्य अभ्यास भन्दापनि परिक्षण गर्ने हुन्छ । हामी कहाँ छौं भनेर थाहा हुन्छ । ओडिआईमा त्यति राम्रो ब्याटिङ भई रहेको छैन । त्यसको लागि पनि यो राम्रो अवसर हो । त्यहाँ गएर राम्रो गर्नुपर्ने हुन्छ’ , उनले भने ।

कप्तान सन्दीप लामिछाने पाँच टि२० आई खेलपछि क्यारेवियन प्रिमियर लिग टि२० प्रतियोगिता खेल्न वेस्टइन्डिज जानेछन् । केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहितले कप्तानी गर्नेछन् । तर रोहितले आफूलाई यो कुरा जानकारी नभएको बताए ।

कप्तानी गर्दै खासै फरक नहुने रोहित बताउँछन् । रोहितले नेपाली यू–१९ टोलीबाट कप्तानी गरि सकेका छन् । रोहितले गत जेठमा अमेरिका भ्रमणमा ह्युस्टन हरिकेन्सविरुद्ध कप्तानी गर्दै सानदार शतकीय इनिङ खेलेका थिए ।

रोहितले पछिल्लो एक वर्षमा नेपाली क्रिकेट टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । रोहित मिहिनेत अनुसार नतिजा आएको बताउँछन् । ‘एकदमै राम्रो अनुभव हुन्छ । जुन हिसाबले मिहिनेत गरेको थिए त्यसको नतिजा आई रहेको छ । विस्तारै विस्तारै त्यस्तो लगातार चाहिँ राम्रो भएको छैन । त्यसमा काम गरि रहेको छु’, रोहितले भने ।

नेपाली टोलीमा पूर्व कप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले पूनरागमन गरेका छन् । मल्लको पूनरागमनले सिनियर टोलीमा अनुवभी खेलाडीको समस्या टर्ने अनुमान गरिएको छ । रोहित ज्ञानेन्द्रको पूनरागमनले फरक पर्ने बताउँछन् ।
‘एकदमै फरक परिवर्तन पार्छ । यो भन्दा अघि त्यति खेलाडीमा अनुभव थिएन । दाइ आएपछि अनुभवी र युवा खेलाडीको सन्तुलन मिलेको छ । आशा गरौं यो भ्रमण राम्रो हुनेछ’, रोहितले भने ।

नेपाली टोलीमा ब्याटिङक्रम भने अस्थिर रहँदै आएको छ । रोहितले तीन देखि पाँच नम्बरसम्म गर्दै आएका छन् । पछिल्लो समयमा चारमा पनि प्रयोग गरेको छ । रोहितलाई तेस्रो नम्बरमा ब्याटिङ गराउँदा झन् राम्रो प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ । रोहित टोलीले चाहेँमा तेस्रो नम्बरमा पनि ब्याटिङ गर्न तयार रहेको बताउँछन् ।

‘यसको बारेमा मैले अहिले केहिँ सोचेको छैन । टिमलाई मेरो ब्याटिङ कहाँ चाहिँयो त्यसमा भरपर्छ । टिमलाई जे चाहिन्छ त्यहिँ गर्नी हो । यदि टिमले तेस्रो नम्बरमा ब्याटिङ दियो भने पनि तयार नै छु । टिमको सन्तुलन भयो भने तेस्रो नम्बर पनि राम्रो नै हुन्छ’, रोहितले आफ्नो ब्याटिङक्रम बारे भने ।

पूरा भिडियो :

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.