default_image

3 years ago

August 23, 2022

सोमपालसहित पाँच खेलाडी नेपालमै रोकिए

413 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भिसा समस्याका कारण तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी टोलीका अन्य खेलाडीसँग सोमबार केन्या भ्रमण जान पाएका छैनन् । नेपाली क्रिकेट टोली सोमबार केन्यासँग खेल्ने पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेलको लागि त्यसतर्फ उडेको थियो ।

तर पाँच खेलाडी, ट्रेनर र व्यवस्थापक भने सोमबार केन्या जान पाएनन् । खेलाडीहरु सोमपाल कामी, बसिर अहमद, शाहब आलम, आदिल अन्सारी र विवेक यादव जान नपाएका हुन् । त्यस्तै भारतीय ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठ पनि नेपालमै रोकिएका छन् । ११ खेलाडी भने केन्याका लागि प्रस्थान गरिसकेका छन् ।

‘केन्याको अनलाइन भिसा फम भर्नुपर्ने रहेछ । सबैको एकै दिन भरेको हो । पैसा पनि तिरिएको छ । कसैको आधा घण्टा, दुई घण्टामा र कसैको एकदिनमा आयो । यी सात जनाको हिजो सम्म आएको छैन’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘आज हामीले पुन भिसा पठाउँदैछौं । उता केन्या दुतावासमा हिजोदेखि कुरा भएको छ । जबसम्म भिसा आउन्न तबसम्म जान पाइन्न । हामी त आजनै पठाउने तयारी गरेका छौं । पर्सी त पहिलो खेल नै छ’, मल्लले भने ।

नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा (अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।

केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो । २००३ को विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र केन्याले अन्तिम पटक डिभिजन टु मा २०१८ मा नामिबियामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.