default_image

2 years ago

August 23, 2022

एसिया कप गुमाउने पाँच स्टार बलर

एजेन्सी – आगमी शनिबारदेखि युएईमा टि२० एसिया कप प्रतियोगिता सुरु हुँदैछ । भारत र पाकिस्तान टि२० एसिया कपका प्रमुख दाबेदार टोली हुन् । टि२० विश्वकप अघि एसियाली टोलीको सर्वाधिक ठूलो तयारीको रुपमा मानिएको एसिया कपमा एक एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्न पाउनेछ । सिंगापुर, युएई, कुवेत र हङकङले छनोट खेलेका छन् । शीर्ष टोलीले समूह ए […]

271 views

0 Bookmark

एजेन्सी – आगमी शनिबारदेखि युएईमा टि२० एसिया कप प्रतियोगिता सुरु हुँदैछ । भारत र पाकिस्तान टि२० एसिया कपका प्रमुख दाबेदार टोली हुन् । टि२० विश्वकप अघि एसियाली टोलीको सर्वाधिक ठूलो तयारीको रुपमा मानिएको एसिया कपमा एक एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्न पाउनेछ ।

सिंगापुर, युएई, कुवेत र हङकङले छनोट खेलेका छन् । शीर्ष टोलीले समूह ए मा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । शीर्ष २-२ टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । तर उपाधिका प्रमुख टोली भने प्रमुख बलर बिनानै एसिया कप खेल्दैछन् ।

एसियाका सर्वाधिक बलिया टोली भारत, पाकिस्तान र श्रीलंकाले आफ्ना प्रमुख म्याच विनर बलर बिनानै एसिया कप खेल्दैछन् । एसिया कप गुमाउने पाँच स्टार बलर यस प्रकार छन् ।

५. हसन अली (पाकिस्तान)

पाकिस्तानका तीव्र गतिका बलर हसन अली चोट नभएर खराब लयका कारण टोलीबाट बाहिरिएका हुन् । पछिल्लो समय लगातार खराब प्रदर्शन गरेपछि पाकिस्तानले हसनलाई टोलीबाट बाहिर राख्दै एसिया कप खेल्ने टोली घोषणा गरेको थियो ।

पाकिस्तानको एसिया कपमा तीव्र गतिका बलरमा नसिम शाह, मोहम्मद वासिम जुनियर, हरिस रौफ, मोहम्मद हसनैन र शहनावाज दहानी छन् ।

२०१६ देखि पाकिस्तानको टोलीबाट खेल्दै आएका हसन अलीले ४९ टि२० आई खेलमा ६० विकेट लिएका छन् । २०१७ को च्याम्पियन्स ट्रफीमा भारतलाई हराउँदै पाकिस्तानलाई उपाधि जिताउन हसन अलीको प्रदर्शन महत्वपूर्ण थियो ।

४. हर्षल पटेल (भारत)

भारतीय तीव्र गतिका बलर हर्षल पटेलले चोटका कारण एसिया कप गुमाउने भएका छन् । पटेलले छातीमा चोटका कारण अघिल्लो महिना एसिया कप गुमाउने भएका हुन् ।

पटेलले टि२० विश्वकप गुमाउने पनि सम्भावना छ । ३१ वषीय हर्षलले पछिल्लो समय भारतीय क्रिकेटमा डेथ ओभरमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । हर्षलले १७ टि२० आईमा २३ विकेट लिएका छन् ।

३. दुश्मन्था चामिरा (श्रीलंका)

तीव्र गतिका बलर दुश्मन्था चामिरा श्रीलंकाका प्रमुख तीव्र गतिका बलर हुन् । चामिराले लगातार श्रीलंका टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । चामिराले घुँडामा चोटका कारण एसिया कप गुमाउने छन् ।

चामिराले ३० वर्षीय चामिराले नयाँ बलका साथ पावर प्लेमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले श्रीलंकाबाट ४० टि२० आई खेलमा ४८ विकेट लिएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । चामिरा नहुँदा श्रीलंकाको तीव्र गतिको बलिङ आक्रामण केहि कमजोर बन्नेछ ।

२. शाहिन शाह अफ्रिदी (पाकिस्तान)

विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पनि चोटका कारण एसिया कप गुमाउने भएका हुन् । उपाधिको दाबेदार पाकिस्तानलाई बायाँ हाते अफ्रिदी नहुँदा ठूलो धक्का लागेको छ । स्वीङका लागि माहिर अफ्रिदी दायाँ घुँडाको लिगामेन्टमा चोटका कारण बाहिरिनु परेको हो ।

विशेषगरी भारतीय ब्याटरको बायाँ हाते बलर कमजोरीको रुपमा रहँदै आएको छ । गतवर्ष भारतविरुद्ध टि२० विश्वकपमा पनि अफ्रिदीले सानदार प्रदर्शन गरेका थिए । अफ्रिदीले पाकिस्तानबाट ४० खेलमा ४७ विकेट लिएका छन् ।

१. जस्प्रित बुमराह (भारत)

वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट बलर जस्प्रित बुमराहले पनि एसिया कप गुमाउने छन् । योर्करका लागि माहिर बुमराह नहुँदा भारतको डेथ ओभर र तीव्र गतिको बलिङ आक्रामण कमजोर बनेको छ ।

बुमराह ब्याक इन्जुरीको कारण एसिया कप गुमाउने भएका हुन् । एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका बुमराहले ५८ टि२० आई खेलमा ६९ विकेट लिएका छन् ।

यो पनि : जब नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमायो

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

Success

Thank you for your time.