default_image

2 years ago

August 24, 2022

तीन खेलाडीले पहिलो खेल गुमाउने पक्का

463 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समयस्यै भिसा नआउँदा बिहीबारदेखि सुरु हुने केन्यासँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल तीन खेलाडीले गुमाउने पक्का भएको छ । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले पहिलो टि२० आई खेल गुमाउने पक्का भएका छन् ।

भिसा समस्याका कारण सोमबार ११ खेलाडी, टेक्निकल एनालिष्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने र प्रशिक्षक मनोज प्रभाकर मात्र केन्या भ्रमण गरेका थिए । सोमपाल कामी, विवेक यादव, आदिल, बसिर र साहब भने भिसा समस्याको कारण जान पाएका थिएनन् । त्यस्तै केन्या टोलीको लागि नेपाली टोलीका क्रिकेट म्यानेजर सुनिल महासेठ र ट्रेनर अब्दुल सतार भिसा नआउँदा जान पाएका थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार उक्त सात जनाको पुन: भिसाको लागि पठाएको थियो । विवेक र सोमपालको मंगलबार राती नै भिसा आएको हुँदा उनीहरु आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । अन्य तीन खेलाडी, म्यानेजर र ट्रेनरको पनि भिसा आएको छ । तर आज राती म्यानेजर र ट्रेनर मात्र जाने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मल्लका अनुसार बाँकी तीन खेलाडी बिहिबार त्यसतर्फ जानेछन् । त्यसैको कारण आदिल, साहब र बसिरले पहिलो खेल गुमाउने पक्का भएको हो । नेपालबाट केन्या पुग्न झण्डै १६ घण्टा लाग्छ । लगातार उडानको कारण विश्राम नपाउने हुँदा सोमपाल कामी र विवेक यादवले पनि पहिलो खेल गुमाउने उच्च सम्भावना छ । बिहीबार जाने तीन खेलाडीले दोस्रो खेल पनि गुमाउने सम्भावना उच्च रहन्छ ।

प्रशान्तका अनुसार पहिलो खेल रोकिने छैन । पहिलो टि२० आई खेल बिहीबार केन्याको नैरोबीमा रहेको जिमखान क्लब ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा सुरु हुनेछ । सबै टि२० आई खेल दिउँसो ३ : ४५ मा हुनेछन् । तीन एकदिवसिय अभ्यास खेल भने दिउँसो १२ : ४५ देखि सुरु हुनेछ ।

केन्या पुगी सकेका ११ खेलाडी :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।

बुधबार केन्यातर्फ लागेका दुई खेलाडी : सोमपाल कामी र विवेक यादव

बिहीबार जाने तीन खेलाडी : साहब आलम, आदिल अन्सारी र बसिर अहमद

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.