default_image

2 years ago

August 25, 2022

नेपालले आज केन्यासँग खेल्दै

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । पाँच टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा केन्याको नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा सुरुहुनेछ । केन्या पनि घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । विश्व टि२० आई वरियतामा नेपाल १४ औं र केन्या ३० औं स्थानमा छन् । नेपालले टि२० आईमा पहिलो पटक केन्यासँग खेल्न थालेको हो ।

समयमै भिसा नआउँदा प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र विवेक यादव बुधबारमात्रै केन्यातर्फ प्रस्थान गरेका थिए । लामो यात्राको कारण आज सोमपाल र विवेकलाई नेपालले विश्राम दिनसक्छ । आदिल अन्सारी, साहब आलम र बसिर अहमद आजमात्र त्यसतर्फ जादैछन् । विकेटकिपर अर्जुन साउदले आज नेपाली टोलीमा डेब्यू गर्न सक्छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने उनलाई नेपालले छैटौं नम्बरमा खेलाउने सम्भावना छ ।

नेपालको ओपनिङ देव खनाल र आसिफ शेखले गर्ने सम्भावना छ । देवले टि२० आईमा डेब्यू गर्नेछन् । त्यसपछि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल हुनेछन् । करण केसी नेपालको फिनिसरको रुपमा रहनेछन् । तीव्र गतिका बलरमा करण र किशोर हुनेछन् । कप्तान सन्दीप लामिछाने, पवन सरार्फ र दीपेन्द्रसिंह ऐरी स्पिनरको रुपमा हुनेछन् । आरिफ शेख मध्य गतिको बलिङमा राम्रो विकल्प हुन् ।

इफराम करिम, गुरदीप सिंह, रुषभ पटेल र शेम न्योचे केन्याका प्रमुख ब्याटर हुन् । केन्या आफ्नो विरासत फर्खाउन एउटा ठूलो मोमेन्टमको पर्खाईमा छ । घरेलु मैदानबाट नेपालसँगको सिरिज केन्याको लागि टर्निङ प्वाइन्ट बन्नसक्छ । नेपालका सबै खेलाडीले पहिलो पटक केन्यामा खेल्न लागेको हुँदा त्यहाँको कन्डिसनमा भने ध्यानदिनुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.