3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँगको पहिलो टि२० आई खेलमा नेपालबाट तीन खेलाडीको डेब्यू सम्भावना छ । नेपाल र केन्याबीचको खेल दिउँसो ३ : ४५ देखि नैरोबीमा रहेको जिमखान क्रिकेट क्लबमा सुरु हुनेछ ।

भिसा समस्याका कारण सोमबार ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । बुधबार सोमपाल कामी र विवेक यादव केन्यातर्फ लागेका थिए । आदिल अन्सारी, साहब आलम र बसिर अहमद भने बिहीबार केन्या जादैछन् ।
नेपालले पहिलो खेलमा सोमबार प्रस्थान गरेका ११ खेलाडीलाई नै मैदान उतार्ने सम्भावना छ । सोमपाल कामी र विवेक यादव लामो यात्राका साथ पुगेको हुँदा पहिलो खेलमा विश्राम दिने सम्भावना छ । ११ जना खेलाडीमा अर्जुन साउद पहिलो पटक नेपाली टोलीमा परेका हुन् ।
अर्जुन नेपालका लागि पहिलो डेब्यू खेल खेल्नेछन् । सोमपाललाई विश्राम दिँदा किशोर महतोले टि२० आईमा डेब्यू गर्नेछन् । किशोरले स्कटल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । त्यस्तै देव खनालले पनि टि२० आईमा डेब्यू गर्ने सम्भावना छ ।
अर्जुन आक्रामक ब्याटिङ गर्ने हुँदा उनलाई नेपालले छैटौं नम्बरमा खेलाउने सम्भावना छ । उनले फिनिसरको भूमिका पाउनेछन् । देव खनाल र आसिफ शेखले ओपनिङ गर्ने सम्भावना छ । किशोर महतो र करण केसी तीव्र गति बलिङ हतियार हुनेछन् । उक्त ११ खेलाडीमा अन्य भने सबैले डेब्यू गरेका छन् ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]