default_image

2 years ago

August 25, 2022

नेपालको सम्भावित प्लेइङ–११

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० आई खेलमा आज केन्यासँग खेल्दै छ । नेपाली समय अनुसार खेल दिउँसो ३ : ४५ देखि नैरोबीमा रहेको जिमखान क्रिकेट क्लबमा सुरु हुनेछ ।

केन्याविरुद्ध पहिलो टि२० आई खेलमा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ ११ भने उतार्न पाउने छैन । केन्या भ्रमणको लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको थियो । पहिलो खेलमा १३ खेलाडी मात्र उपलब्ध हुनेछन् ।

समयमै भिसा नआउँदा सोमपाल कामी, विवेक यादव, आदिल अन्सारी, साहब आलम र बसिर अहमद भने सोमबार केन्या जान पाएनन् । सोमपाल र विवेक यादव बुधबार दिउँदो केन्यातर्फ लागेका थिए । केन्या पुग्न झण्डै १६ घण्टा लाग्छ । नेपालले पहिलो खेलमा सोमपाल र विवेकलाई विश्राम दिने उच्च सम्भावना छ । आदिल अन्सारी, साहब आलम र बसिर अहमद आज मात्रै केन्या जादैछन् ।

यो अवस्थामा मंगलबार केन्या पुगेका ११ खेलाडीलाई नै नेपालले मैदान उतार्ने सम्भावना छ । नेपालको ओपनिङ आसिफ शेख र देव खनालले गर्नेछन् । देवको टि२० आईमा डेब्यू हुनेछ । यसअघि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्दै आएका थिए । आसिफ आक्रामक र देव इनिङलाई अन्तिम सम्म लगेर जाने रणनीति हुनसक्छ ।

पाँच महिनापछि सिनियर टोलीमा पूनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपालले तेस्रो नम्बरमा ब्याटिङ गराउनेछ । दीपेन्द्रसिंह ऐरी चौथो र रोहित पौडेल पाँचौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । ज्ञानेन्द्र, रोहित र दीपेन्द्रको प्रदर्शन महत्वपूर्ण हुनेछ । छैटौं नम्बरमा अर्जुन साउद र आरिफ शेख मध्य एक हुनेछन् । खराव सुरुवात गरेको खण्डमा आरिफ हुनेछन् । राम्रो अवस्थामा भने अर्जुन साउद हुनेछन् ।

अर्जुन नेपाली क्रिकेट टोलीमा डेब्यू गर्नेछन् । अर्र्जुन उत्कृष्ट डेब्यू गर्न चाहन्छन् । करण केसीबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्र र पवन सरार्फले साथ दिनेछन् । पवनलाई नेपालले तल्लोक्रममा खेलाउनेछ । तीव्र गतिको बलरमा करण र किशोर महतो हुनेछन् । आसिफ तेस्रो रोजाईका मध्यगतिका बलर हुनेछन् । किशोरको टि२० आईमा डेब्यू हुनेछ ।

नेपालको सम्भावित प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.