default_image

2 years ago

August 28, 2022

नेपालले टस हार्यो

45 views

0 Bookmark

एजेन्सी – नेपालले तेस्रो टि२० आई खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा १ सय ३३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय १४ रनमा अल आउट भएको थियो ।

त्यसैको कारण केन्याले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हुनसक्छ । नेपाली ब्याटरले सट छनोटमा विशेष ध्यादिनुपर्ने हुन्छ । जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ । गैरजिम्मेवारी ब्याटिङ ठूलो समस्याको रुपमा रहँदै आएको छ ।

दोस्रो खेलमा रकिब पटेल २५ बलमा ३५ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । केन्याका लुकास ओलुओच विष्फोटक ब्याटिङ गर्न सक्छन् । पहिलो खेलमा उनले १२ बलमा ३१ रन जोडेका थिए । किकेटकिपर इफरान करिम, सचिन भुडिया र नहेमायाह ओधिआम्बो केन्याका राम्रा ब्याटर हुन् ।

बलरमा दोस्रो खेलमा नेपाललाई हराउन इमानुएल बुन्डी, लुकास र विरज पटेलले दुई दुई विकेट लिएका थिए । केन्याले घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै सिरिजमा अग्रता लिन चाहन्छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.