default_image

2 years ago

August 28, 2022

नेपालको उत्कृष्ट सुरुवात

56 views

0 Bookmark

एजेन्सी – केन्याले तेस्रो टि२० आई खेलमा प्रस्तुत गरेको चुनौतीपूण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपालका लागि डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद १३ बलमा २ छक्कासहित १६ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका र छक्कासहित १६ रनमा अविजित छन् ।

पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पवन १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

त्यसअघि जिमखाना क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

केन्याका रकिप पटेल ४३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि रकिप र करिमले १ सय २७ रनको सानदार अविजित शतकीय साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर विकेट लिन सकेनन् । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ३१ रन खर्चिए । सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । करण केसीले ३ ओभरमा २० रन खर्चेपनि विकेट लिनसकेनन् । आदिल अन्सारीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले २ ओभरमा ९ रन खर्चिए ।

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

Success

Thank you for your time.