default_image

3 years ago

August 29, 2022

टि२० विश्वकप ट्रफी नेपालमा घुमाइने

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । विश्वभ्रमण अन्तर्गत ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिनेछ ।

मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । यी दुई हिमालको काखमा राखेपछि दिउँसो समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम छ । मंगलबार बेलुका नै क्यानले क्रिकेट सम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गर्दैछ ।

बुधबार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । विहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि खुल्ला राखिनेछ । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको नेपाल क्रिकेटसंघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालले बताए । क्रिकेट प्रवर्द्धनको लक्ष्यसहित ट्रफी भ्रमण नेपाल ल्याएको उनले जानकारी दिए ।

नेपालको सुन्दरता ट्रफी ल्याएको आइसिसी प्रतिनिध सोमरेश रेड्डिले जानकारी दिए । आइसिसीले ट्रफी विश्वकै सर्वोच्च शिखरको काखमा पुर्याउन इच्छा गरेको उनले बताए ।

निसानसँग सहकार्य गरेर आइसिसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ । ट्रफी खेलाडी तथा राष्ट्रप्रमुख बाहेक अन्यले छुन पाउँदैनन् । ट्रफीका साथ राष्ट्रिय टोलीका पूर्व अलराउन्डर महबुब आलम जानेछन् ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । फिजि, फिनल्यान्ड, जमर्नी, घना, इन्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भनुआतुमा पहिलो पटक टि२० विश्वकपको ट्रफी पुग्नेछ। सुरुवात जुलाई ८ देखि मेलबर्नबाट सुरु भएको हो ।

अक्टोबर १३ मा अष्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ । टि२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो । यसअघि २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्याएको थियो ।

टि२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ । नेपाल गत फागुनमा आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.