default_image

3 years ago

September 2, 2022

उपाधि दाबेदार इंग्ल्यान्डद्धारा टि२० विश्वकप खेल्ने टोली घोषणा

162 views

0 Bookmark

एजेन्सी – उपाधिका दाबेदार इंग्ल्यान्डले आगमी अक्टोबर नोभेमबरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा अनुभवी ओपनर जेसन रोयलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।

इंग्ल्यान्डको टोलीमा तीव्र गतिका बलर मार्क वुड, क्रिस वोक्स र अलराउन्डर बेन स्टोक्सले पूनरागमन गरेका छन् । युवा ब्याटर फिलिप साल्ट र ह्यारी ब्रुकले स्थान बनाएका छन् ।

जेसन रोयले लगातार खराब प्रदर्शनका कारण विश्वकपमा आफ्नो स्थान गुमाएका हुन् । द हन्ड्रेन्डमा पनि खराब प्रदर्शन गरेपछि इंग्ल्यान्डले बाहिर राखेको हो । टि२० विश्वकप अघि इंग्ल्यान्डले पाकिस्तानसँग ७ टि२० आई सिरिज खेल्नेछ ।

उक्त सिरिज २० सेप्टेम्बरदेखि २ अक्टोबर सम्म हुनेछ । त्यसपछि ९ अक्टोबर देखि १५ सम्म अक्टोबरसम्म अष्ट्रेलियासँग तीन टि२० आई सिरिज खेल्ने कार्यक्रम छ । यो दुई सिरिजपछि विश्वकप टोलीमा केहि परिवर्तन हुनसक्ने सम्भावना रहन्छ ।


विश्वकपमा इंग्ल्यान्ड सुपर १२ को समूह १ मा छ । इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । इंग्ल्यान्डले २२ अक्टोबरमा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । टि२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

इंग्ल्यान्डको टि२० विश्वकप खेल्ने टोली :

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, फिलिप साल्ट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड ।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.