default_image

2 years ago

September 8, 2022

एसिया कपको फाइनलमा पाकिस्तान र श्रीलंका भिड्ने

105 views

0 Bookmark

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेसँगै फाइनल खेल्ने दुई टोलीको निर्धारण भएको हो ।

पाकिस्तान सुपर फोरमा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा ४ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । प्रतियोगिता अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत भने सुपर फोरबाटै बाहिरिएको छ । सुपर फोरमा पाकिस्तान र श्रीलंकासँगको हारले भारत बाहिरिनु परेको हो ।

भारत र अफगानिस्तान समान २ खेलमा जित बिहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । एसिया कपको फाइनल आइतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । भारतले सुपर फोरमा आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दैछ । जुन खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ ।

सुपर फोरको अन्तिम खेलमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीलाई यो फाइनल अघि अभ्यास र कुन टोली शीर्ष स्थानमा रहने निर्धारण गर्नेछ । पाकिस्तानले सुपर फोरमा भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको हो ।

श्रीलंकाले अफगानिस्तानलाई ४ विकेट र भारतलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गराएको थियो । प्रमुख बलर जस्प्रित बुमराह र हर्षल पटेल घाइते भएपछि भारतको बलिङ आक्रामण कमजोर बनेको थियो ।

भारतले पाकिस्तानसँग १ सय ८१ रन बनाएपनि त्यसलाई बचाउन सकेन । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्दै १ सय ७३ रन बनाएपनि एक बल अगाडिनै पराजित भयो । श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई हराउन १ सय ७६ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यो पनि पढ्नुहोस् : आसिफ अलीले बलरलाई ब्याटले हान्न खोजेपछि…

नसिम नायक बन्दा पाकिस्तान फाइनलमा

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.