default_image

2 years ago

September 8, 2022

कोहलीको शतक र भुवनेश्वरको पाँच विकेटमा भारतको फराकिलो जित

60 views

0 Bookmark

एजेन्सी – ओपनर विराट कोहलीको शतक र भुवनेश्वर कुमारको पाँच विकेटको सहयोगमा भारतले टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ ।


जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । अफगानिस्तानका ईब्राहिम जद्रानले ५९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

राशिद खान १५ र मुजिब उर रहमानले १८ रन बनाउन बाहेक अफगानिस्तानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ५ विकेट लिए । अर्शदीपसिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

भारतका विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको अविजित शतकीय इनिङ खेले । कोहलीको यो टि२० आई करिअरको पहिलो शतक हो । अन्तर्राष्ट्रिय करिअरको ७१ औं शतक हो । भारतबाट टि२० आई खेलमा एकै ब्याटरले बनाएको सर्वाधिक ठूलो स्कोर समेत हो । यसअघि २०१७ मा रोहित शर्माले श्रीलंकाविरुद्ध १ सय १८ रन बनाएका थिए ।

कोहलीले १९ औं ओभरको दोस्रो बलमा फरिद अहमदलाई छक्का हान्दै १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक हानेका छन् । कोहलीले ५३ बलमा शतक पूरा गरेका थिए ।

कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा लाहुलले भारतको कप्तानी गरेका छन् । पहिलो विकेटका लागि राहुल र कोहलीले १२.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सूय कुमार यादव ६ रनमा आउट भए । ऋषभ पन्त १६ बलमा ३ चौकासहित २० रनमा अविजित रहे ।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । भारत र अफगानिस्तान भने सुपर फोरबाट बाहिरि सकेका छन् । भारत सुपर फोरमा श्रीलंकासँग ६ विकेट र पाकिस्तानसँग ५ विकेटले पराजित भएपछि फाइनलको सम्भावना सकिएको थियो ।

अफगानिस्तान भने सुपर फोरमा पाकिस्तानसँग एक विकेट र श्रीलंकासँग ४ विकेटले पराजित भएको थियो । एसिया कपको फाइनलमा पाकिस्तान र श्रीलंकाबीच आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.