default_image

2 years ago

September 9, 2022

‘नेपाली क्रिकेटलाई एक्सपोजर खाँचो छ’ – ब्रेट ली

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट लामो समय खेलेका तीव्र गतिका बलर ब्रेट ली अहिले नेपालमा छन् । शुक्रबार एक कार्यक्रमबीच नेपाल टि२० को मेन्टरमा नियुक्त भएका लीले नेपाली क्रिकेटलाई एक्सपोजरको खाँचो रहेको बताए ।

नेपाल टि२० मेन्टरमा नियुक्त भएका लीले प्रतियोगितामार्फत नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपाल आइपुगेका लीले नेपाली क्रिकेटबारे पहिला पनि सुनेको बताए । ‘पक्कैपनि नेपालबारे थाहा छ । क्रिकेट खेल्ने राष्ट्र हो र यहाँ राम्रा क्रिकेटरहरु छन् । हामीसँग आज यहाँ विनोद (दास) तीव्र गतिका बलर हुनहुन्छ । नेपाली क्रिकेटको स्टार हुनुहुन्छ र आउने दिनमा नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नहुनेछ ।’

‘अहिले नेपाली क्रिकेटलाई आवश्यक भनेको एक्सपोजर हो । अब आउने दिनमा एक्सपोजर बढ्दै जानेछ । जति धेरै एक्सपोजर पायो, युवा खेलाडीलाई अघि आउन त्यति फाइदा पुग्छ । पुरुष मात्र होइन, महिला क्रिकेटमा पनि यसले सहयोग गर्छ ।’

लीले नेपाल टि २० मा सहभागी हुने खेलाडीलाई अनलाइनमार्फत खेलाडी र प्रशिक्षकलाई विशेष सेसन दिनेछन् । ली नेपाल टि२० हुने समयमा भारतमा हुन लागेको लेजेन्ड्स क्रिकेट लिगमा व्यस्त रहने भएकाले आजै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ । मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको […]

Success

Thank you for your time.