default_image

2 years ago

September 10, 2022

दीपेन्द्र लुम्बिनी अल स्टार्सको मार्की खेलाडी

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सको सामित्वमा छ ।

दीपेन्द्रको कप्तानीमा २०१९ मा सिवाईसी अत्तरियाले धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि जितेको थियो । नेपालले भारतलाई यू–१९ एसिया कपमा हराउँदा दीपेन्द्र नै कप्तान थिए । नेपालको उपकप्तान बनि सकेका दीपेन्द्रले एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा कप्तानी गरि सकेका छन् । दीपेन्द्र टि२० आई वरियतामा शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । त्यस्तै टि२० आईमा एक हजार रन बनाउने पहिलो खेलाडी समेत हुन् ।

पोखरा एभेन्चर्सले विकेटकिपर आसिफ शेखलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । १५ लाखमै पोखराले शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ । काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् । दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ ।

जसमध्य ७ खेलाडी ए ग्रेडमा बिकेका छन् । ड्राफ्टमा ए ग्रेडमा कुल १३ खेलाडीले भोरेका थिए । सन्दीप लामिछानेलाई ड्राफ्टबाट हटाइएको थियो । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् । एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा कीर्तिपुर मैदानमा हुनेछ । प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.