3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले उपाधि जितेको थियो । सोमपालले नै धनगढी प्रिमियर लिगमा टिम चौराहलाई च्याम्पियन बनाएका थिए । सोमपालले नेपालको तीनै फ्रेन्चाइज प्रतियोगितामा कप्तानी गरेका छन् ।
तीव्र गतिका बलर सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित पौडेल विराटनगर सुपरकिंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् । सबै मार्की खेलाडी ग्रेड ए बाट आएको हुँदा १५-१५ लाख पाउनेछन् ।
दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ । जसमध्य ७ खेलाडी ए ग्रेडमा बिकेका छन् । ड्राफ्टमा ए ग्रेडमा कुल १३ खेलाडीले भोरेका थिए । सन्दीप लामिछानेलाई ड्राफ्टबाट हटाइएको थियो । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् ।
एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् । नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ । प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]