default_image

2 years ago

September 11, 2022

एसिया कप फाइनलमा पाकिस्तानले टस जित्यो

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानले टस जितेर श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले महत्वपूर्ण टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्ताानका तीव्र गतिका बलर नसिम शाह र स्पिनर शादब खान टोलीमा फर्किएका छन् । उस्मान कादिर र हसन […]

177 views

0 Bookmark

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानले टस जितेर श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले महत्वपूर्ण टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

पाकिस्ताानका तीव्र गतिका बलर नसिम शाह र स्पिनर शादब खान टोलीमा फर्किएका छन् । उस्मान कादिर र हसन अलीलाई भने बेन्चमा राखेको छ । श्रीलंकाले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर फोरमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । पहिला फिल्डिङ गर्ने टोली फाइनलमा हाबी हुने देखिन्छ । त्यसैपनि फाइनलको दबाब अझ अतिरिक्त हुने गर्दछ । श्रीलंका लक्ष्य पछ्याउन खोज्नेछ ।

पछिल्ला चार खेलमा श्रीलंकाले लगतार विजयी लक्ष्य पछ्याउँदै पूरा गरेको थियो । विशाल लक्ष्य लगातार पूरा गरेको हुँदा श्रीलंकाको मनोबल उच्च छ । श्रीलंकाले बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको छ ।

श्रीलंकाले हालसम्म पाँच पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो । २००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

पाकिस्तान तेस्रो पटक उपाधि जित्न चाहन्छ । पाकिस्तानले २०१२ मा बंगलादेशलाई फाइनलमा दुई रनले हराएको थियो । त्यसअघि पाकिस्तानले २००० मा श्रीलंकालाई ३९ रनले हराउँदै एसिया कप जितेको थियो ।

हेड टु हेड

पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ टि२० आई खेल भएको छ । जसमा पाकिस्तान १३ र श्रीलंका ७ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० आई खेलमा श्रीलंका ४ र पाकिस्तान एक खेलमा विजयी भएका छन् । पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा टि२० आईमा पराजित गरेको थियो ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.