default_image

3 years ago

September 17, 2022

‘दीपेन्द्र अहिलेको स्थितिमा नेपालका उत्कृष्ट कप्तान हुन्’ – प्रशिक्षक मनोज

460 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् ।

पुलिसले शुक्रबार फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न सफल भयो ।

‘पुलिसलाई पहिलो स्वर्ण जिताउन मलाई एकदमै खुसी लागेको छ । सातौं र आठौंमा हामी जित्न सकेनौं । यो पटक टोलीको टिम भावना र खेल राम्रो थियो । एकदमै सकारात्मक थियौं । हामीले दुई महिनादेखि कडा अभ्यास गरेका थियौं । हामीले खेलाडीलाई दिल्ली र मुम्बईमा अभ्यासको लागि पनि पठाएका थियौं । त्यसैको नतिजा हो जस्तो लाग्छ’, मनोज कटवालले भने ।

पुलिसले जितको लागि ८ ओभरमा १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको थियो । पुलिसको जितमा कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्कासहित ५१ रनको विष्फोटक इनिङ खेले । सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे । कटवाल लक्ष्य पूरा गर्नेमा विश्वास रहेको बताए ।

‘८ ओभरमा उक्त लक्ष्य त्यति सहज होईन । त्यसै पनि हाम्रो ब्याटिङमा गहिराई थियो । हामीसँग १० नम्बरसँग ब्याटिङक्रम हुँदा त्यहिँ भएर योजना पहिला फिल्डिङ गर्ने नै थियो । उनीसँग ब्याट्सम्यान छैन । पुलिसलाई कति लक्ष्य दिनी भन्ने पनि त्यति थाहा हुँदैन । त्यहिँ भएर उनीहरुले धेरै लक्ष्य दिन सक्दैनन् भन्ने लागेको थियो । १ सय ४ भनेको हाम्रो लक्ष्य सामान्य नै हो’, उनले भने ।

‘सुनिल धमलाले पनि दुई तीन महिनादेखि एकदमै कडा मिहिनेत गरेको छ । हामीले एउटा योजना बनाएका थियौं । त्यसमा जो फेल हुन्छ त्यसलाई टिममा नै नराख्नी भनेका थियौं । हामीले फिटनेशमा धेरै ध्यान दिएका थियौं । त्यो अनुसार यिनीहरुको नतिजा पनि आयो । खेलाडीको प्रदर्शनदेखि म एकदमै खुसी छु’, कटवालले भने ।

गतवर्ष धमलालाई पुलिसले टि२० टोलीबाटनै बाहिर राखेको थियो । तर यस पटक धमलाले सानदार प्रदर्शन गरे । धमलाले पहिलो खेलममै कर्णालीविरुद्ध २४ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध ३१ र आर्मीसँग १५ बलमा १ चौका र २ छक्कासहित २७ रनमा आउट भएका थिए । फाइनलमा धमलाले १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनको इनिङ खेलेका थिए ।

‘धमलाको पहिलो खेल्ने अली फरक थियो । सिंगल डबल र चौका हान्ने खालको मात्र थियो । यो भन्दा अगाडिको टोलीमा हामीले टिममा पनि राखेका थिएनौं । हामीले अभ्यासमा उनलाई खेलमा गएर हान्ने हो भनेका थियौं । कभरमा हान्छौं कि कताबाट हान्छौं । तर ब्याट चाहिँ चलाउनुपर्छ । उसले नेटमा पनि त्यसै अनुसार गरेको थियो । अभ्यासमा एक डेढ घण्टा धमलालाई नयाँ बलका साथनै विषेश प्रशिक्षण गराएका थियौं’, उनले भने ।

‘हामीले १ सय १० देखि १ सय १५ सम्मको लक्ष्य पायौं भने पूरा गर्छौ जस्तो लागेको थियो । किनभने उनीसँग बलर थिएन । जितेन्द्र मुखिया र सोमपाल कामी बाहेक बायाँ हाते स्पिनर थिए । मैदानको बाउन्ड्री पनि सानो थियो । जहाँ ब्याट चलाएपनि एज लागेपनि छक्का हुन्छ भन्ने थियो’, कटवालले भने ।

यो पटक पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए । पहिलो खेलमा कर्णाली प्रदेशसँगको खेलपछि मञ्जित श्रेष्ठले दीपेन्द्रलाई कप्तानी दिएका थिए । दीपेन्द्रले पहिलो कप्तानीमै पुलिसको स्वर्ण जित्ने सपना पूरा गरे । प्रशिक्षक कटवाल दीपेन्द्र वर्तमान समयका नेपाली क्रिकेटका उत्कृष्ट कप्तान रहेको बताउँछन् ।

‘मलाई जहाँसम्म लाग्छ नेपालमा अहिलेको स्थितिमा उत्कृष्ट कप्ताननै हुन् । उनको खेल बुझ्नेदेखि सबै कुरा धेरै राम्रो छ । कुन बलरलाई कति बेला परिवर्तन गर्ने, कुन बलर प्रयोग गर्ने । कुन उत्कृष्ट फिल्डरलाई कहाँ राख्ने । हरेक कुरामा राम्रो क्षमता छ । उ आफैंपनि एकदमै राम्रो खेलाडी हो । त्यहिँ भएर हामीले उसलाई कप्तानी दिएको हो,’ उनले भने ।

‘स्वर्ण जिताउन पाउँदा एकदमै खुसी छु । टिमसँगको अभ्यासमा पनि मैले बारम्बार स्वर्ण जसरी पनि जित्ने हो भनेको थिए । त्यहिँ अनुसार अभ्यास पनि भयो । अभ्यासको अवधिमा नेपाल पुलिस एकेडेमीबाट जतिपनि सहयोग गर्नुभयो । खेलाडी लगायत सबैलाई धन्यावाद दिन चाहन्छु’ कटवालले भने ।

‘अवदेखि दीपेन्द्रले नै नेपाल पुलिस क्लबको कप्तानी सम्हाल्छन् । किनभने नेपाली क्रिकेट टोलीको पनि उपकप्तान भई सकेका छन् । पुलिसले उसको अनुभव बटुलेरपछि पनि राम्रो गर्छ भनेर मञ्जितको स्थानमा दीपेन्द्रलाई कप्तान दिएको हो’, उनले भने ।

‘उसको खेलको गेम सेन्स, फिल्ड खेल सबै खेल्दा उत्कृष्ट दीपेन्द्रलाई मानेर कप्तान दिएका हौं । आरिफ शेखलाई उपकप्तानको जिम्मेवारी दिएका छौं । यी दुई जनाको तालमेलमा पुलिसले आज र आगमी दिनमा एकदमै धेरै राम्रो गर्ने देखिन्छ । मञ्जितले अव खेल्दैनन्’, कटवालले भने ।

दीपेन्द्रले यसअघि २०१९ मा धनगढी प्रिमियर लिगमा सिआईसी अत्तरियाको कप्तानी गर्दै च्याम्पियन बनाएका थिए । सन् २०१७ यू–१९ एसिया कपमा भारतलाई हराउन दीपेन्द्रले सानदार कप्तानी गरेका थिए । पारस खड्काले २०१९ मा कप्तानी छाडेपछि नेपालले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तान बनाएको थियो । ज्ञानेन्द्र र दीपेन्द्रलाई अनुशासनको कारण देखाउँदै नेपालले गतवर्ष कप्तान र उपकप्तानबाट हटाउँदै सन्दीपलाई कप्तानी दिएको थियो ।

‘पहिलो कप्तानीमा स्वर्ण जिताउदाको खुसी भन्न सकिदैन । एकदमै खुसी लागेको छ । पुलिसलाई स्वर्ण जिताउन पाएँ । छैटौं, सातौं र आठौंमा हामीले हार्यौ । पुलिसको लागि यो पहिलो स्वर्ण हो । धेरै खुसी छु’, दीपेन्द्रले भने ।

कुनैपनि टोलीको कप्तान परिवर्तनले खेल्ने शैलीपनि फेरिन्छ । दीपेन्द्रले पुलिसको कप्तानी गरेसँगै टोली अझनै आक्रामक बनाएका छन् । ‘त्यो ब्याटिङ अनुसार भरपर्छ । ८ ओभरको खेल भयो । आक्रामक हुनैपर्छ । अरुबेला पनि खुलेर खेल्ने हो भने हाम्रो टोलीले धेरै राम्रो गर्न सक्छ । राम्रो पनि गर्यो’, दीपेन्द्रले भने । दीपेन्द्रले उक्त लक्ष्य पूरा गर्नेमा आत्माविश्वासी रहेको बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.