default_image

2 years ago

September 26, 2022

युएईमाथि बंगलादेशको कठिन जित

एजेन्सी – टेस्ट टोली बंगलादेशले पहिलो टि२० आई खेलमा घरेलु टोली युएईमाथि सात रनको कठिन जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको इनिङमा बंगलादेशले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.४ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । युएईका ओपनर […]

196 views

0 Bookmark

एजेन्सी – टेस्ट टोली बंगलादेशले पहिलो टि२० आई खेलमा घरेलु टोली युएईमाथि सात रनको कठिन जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको इनिङमा बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.४ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । युएईका ओपनर चिराग सुरीले ३४ बलमा ७ चौकासहित सर्वाधिक ३४ रन बनाए ।

एक समय युएई ८ ओभरमा ६६–२ को बलियो अवस्थामा थियो । त्यसपछि भने लगातार विकेट गुमाउँदै १४.३ ओभरमा १०२–७ को दयनीय अवस्थामा पुगेको थियो ।

ओपनर मोहम्मद वासिम १५, अर्यान लर्कान १९, वृत्य अरविन्द १६ र सिपी रिजवान ५ रनमा आउट भए । तल्लोक्रमका अयान अफजल खानले १७ बलमा ३ चौकासहित २५ रनमा आउट भए । बंगलादेशका मेहदी हसन मिराज र शोरिफुल इस्लामले तीन तीन विकेट लिए । मुस्ताफिजुर रहमानले दुई विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । बंगलादेशका युवा खेलाडी अफिफ हुसैनले ५५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७७ रनमा अविजित रहे ।

कप्तान नुरुल हसन सान्टोले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे । युएईका कर्तिक मियाप्पनले सर्वाधिक दुई विकेट लिए । दोस्रो खेल मंगलबार हुनेछ । बंगलादेश टि२० विश्वकपको लागि युएईमा अभ्यास गर्न गएको हो ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.