default_image

2 years ago

October 4, 2022

उडान छुटाउँदा हेटमायरले टि२० विश्वकप गुमाउने

एजेन्सी – वेस्टइन्डिजका आक्रामक ब्याटर शिम्रन हेटमायरले एक सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने भएका छन् । अष्ट्रेलियाको लागि पुन ः सारिएको उडान गुमाएपछि वेस्टइन्डिजले उनलाई विश्वकपबाटनै बाहिर राखेको हो । हेटमायरले पारिवारिक कारण देखाउँदै शनिबार उडान सारेका थिए । उनको उडान सोमबारलाई थियो । तर हेटमायरले वेस्टइन्डिजका क्रिकेट निर्देशकलाई आफू समयमै एपोर्ट पुुग्न नसक्ने […]

122 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका आक्रामक ब्याटर शिम्रन हेटमायरले एक सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने भएका छन् । अष्ट्रेलियाको लागि पुन ः सारिएको उडान गुमाएपछि वेस्टइन्डिजले उनलाई विश्वकपबाटनै बाहिर राखेको हो ।

Shimron Hetmyer

हेटमायरले पारिवारिक कारण देखाउँदै शनिबार उडान सारेका थिए । उनको उडान सोमबारलाई थियो । तर हेटमायरले वेस्टइन्डिजका क्रिकेट निर्देशकलाई आफू समयमै एपोर्ट पुुग्न नसक्ने जनाएका थिए । त्यसपछि वेस्टइन्डिज क्रिकेट छनोट समितिले हेटमायरलाई बाहिर राख्दै ३४ वर्षीय शम्राह ब्रुक्सलाई विश्वकपमा मौका दिएको छ ।

हालचालै सकिएको क्वारेवियन प्रिमियर लिगमा सानदार प्रदर्शन गरेका ब्रुक्सलाई मौका दिएको हो । ब्रुक्सले ११ टि२० आई खेलमा २ सय १४ रन बनाएका छन् । सिपिएलमा जमैका तलवाजबाट गुयाना एमेजन वारियर्सविरुद्ध ब्रुक्सले ५२ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनका सानदार शतकीय इनिङ खेलेका थिए ।

सिपिएलमा हेटमायरको प्रदर्शन औसत थियो । उनले वेस्टइन्डिजबाट ५० टि२० आई खेलमा ४ अर्धशतकसहित कुल ७ सय ७९ रन बनाएका छन् । वेस्टइन्डिजले बुधबार र शुक्रबार अष्ट्रेलियासँग दुई टि२० आई खेलको सिरिज खेल्नेछ ।

वेस्टइन्डिजले युएई र नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । १७ अक्टोबरमा स्कटल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

वेस्टइन्डिज २०१२ र २०१६ को टि२० विश्वकप च्याम्पियन टोली हो । वेस्टइन्डिज गत वर्ष सुपर १२ बाट बाहिरिएको थियो ।वेस्टइन्डिजले यस पटक भने पहिलो चरण खेल्दै सुपर–१२ मा स्थान बनाउन पर्छ । समूह बीमा वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे छन् । शीर्ष दुईमा रहन सके सुपर १२ मा स्थान बनाउनेछ ।

वेस्टइन्डिजको विश्वकप खेल्ने टोली :

निकोलस पुरन (कप्तान), रोभम्यान पावेल (उप–कप्तान), यानिक कारियाह, जोनसन चाल्र्स, शेल्डन कटरेल, शम्राह ब्रुक्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, इविन लेविस, काइल मेयर्स, ओबेद म्याककोय, रेमन रेफर र ओडेन स्मिथ ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.