default_image

2 years ago

October 5, 2022

स्मिथ अष्ट्रेलियाको बेन्चमा

एजेन्सी – अष्ट्रेलियाले अनुभवी खेलाडी स्टिभ स्मिथलाई वेस्टइन्डिजसँगको पहिलो टि२० आई खेलमा बेन्चमा राखेको छ । क्विन्सल्यान्डमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाको टोलीमा अनुभवी ओपनर डेविड वार्नर, मिचेल मार्श र तीव्र गतिका बलर मिचेल स्टार्क फर्किदा स्टिभ स्मिथलाई भने बेन्चमा राखेको छ । भारत भ्रमणमा सानदार […]

78 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले अनुभवी खेलाडी स्टिभ स्मिथलाई वेस्टइन्डिजसँगको पहिलो टि२० आई खेलमा बेन्चमा राखेको छ ।

क्विन्सल्यान्डमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाको टोलीमा अनुभवी ओपनर डेविड वार्नर, मिचेल मार्श र तीव्र गतिका बलर मिचेल स्टार्क फर्किदा स्टिभ स्मिथलाई भने बेन्चमा राखेको छ । भारत भ्रमणमा सानदार प्रदर्शन गरेका अलराउन्डर क्यामरन ग्रीनलाई भने निरन्तरता दिएको छ ।

स्मिथ भारतसँगको तीन टि२० आई खेलको सिरिजमा क्रमश : ३५, ८ र ९ रनमा आउट भएका थिए । तर अनुभवी अलराउन्डर मिचेल मार्श तेस्रो नम्बरमा फर्किएपछि स्मिथ बेन्चमा बस्नु परेको हो । अष्ट्रेलिया र वेस्टइन्डिजबीच दुई टि२० आई खेलको सिरिज हुनेछ ।

वेस्टइन्डिजको प्लेइङ ११ :

ब्रेन्डन किंग, जोनसन चाल्र्स, काइल मेयर्स, निकोलस पुरन (कप्तान), रोभम्यान पावेल, जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर, यानिक कारिहा, अल्जारी जोशेफ र शेल्ड्रन कटरेल ।

अष्ट्रेलियाको प्लेइङ ११ :

डेविड वार्नर, क्यामरन ग्रीन, मिचेल मार्श, आरोन फिन्च (कप्तान), ग्लेन म्याक्सवेल, टिम डेविड, म्याथ्यु वेड, मिचेल स्टार्क, प्याट कमिन्स, एडम जाम्पा र जोश हेजलवुड ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

Success

Thank you for your time.