default_image

2 years ago

October 6, 2022

सन्दीप प्रहरी वृत गौशालामा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो । गौशालाबाट स्वास्थ परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मिडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत गौशाला पुर्याएको छ । उनलाई आइतबार […]

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो ।

गौशालाबाट स्वास्थ परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मिडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत गौशाला पुर्याएको छ । उनलाई आइतबार अदालत उपस्थित गराइने छ । शुक्रबार सम्म दशै विदार पर्सी शनिबार भएका कारण आदालत बन्द छ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने बताइएको छ ।

राष्ट्रिय टोलीको कप्तानका रुपमा भदौ ६ गते केन्या गएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रुपमा स्वदेश फर्केका छन् । केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेलाई पनि उपस्थितिमा लागि स्वीकृती दिन सन्दीप ले गरेको आग्रहलाई पुलिसले स्वीकार गरेन । विदेशमै रहेका बखत सन्दीपले आफूले आत्मसमपर्ण गर्ने र निर्देश सावित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

Success

Thank you for your time.