default_image

2 years ago

October 9, 2022

सोनीको पाँच विकेटमा बागमतीको विजयी सुरुवात

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिकी बलर सोनी पाख्रिनको पाँच विकेटमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।


जितको लागि ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १३.१ ओभरमा पूरा गर्यो । बागमतीको जितमा ओपनर कन्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित सर्वाधिक २४ रन बनाइन् । अस्मिता खरेल २६ बलमा ९ रनमा आउट भइन् ।

सुमन खतिवडा ६ बलमा २ चौकासहि ११ र आरती विडारी ३ रनमा अविजित रहे । सुदूरपश्चिमकी यशु पाण्डेले एक विकेट लिईन् । जसमा कुल २४ रन अतिरिक्त दिएको थियो ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम १८.२ ओभरमा ७१ रनमा आउट भयो । सुदुरकी तल्लोक्रमकी अनु कडायतले २३ बलमा २ चौकासहित २२ रन बनाइन् । ओपनर रुवि पोद्दर १२, कप्तान विन्दा रावल ५ र डली भट्ट २ रनमा आउट भइन् ।

बागमतीको सोनु पाख्रिनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । स्पिनर खुशी डंगोलले ३.२ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । कृष्मा गुरुङ र अस्मिता खरेलले एक एक विकेट लिए ।

प्रतियोगितामा समूह ए मा नेपाल एपिएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश छन् । पुलिसले रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.