default_image

1 year ago

October 31, 2022

आयरल्यान्डलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर डेविड वार्नर ३ रनमै […]

114 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

अष्ट्रेलिया कप्तान आरोन फिन्चले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर डेविड वार्नर ३ रनमै आउट भएका थिए । मिचेल मार्श २२ बलमा २ चौका र २ छक्कासहित २८ र ग्लेन म्याक्सवेल १३ रनमा आउट भए ।

मार्कस स्टोइनिस २५ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । टिम डेविड १० बलमा २ चौकासहित १५ र म्याथ्यु वेड ७ रनमा अविजित रहे ।

आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.