3 years ago
November 4, 2022
एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डमाथि ३५ रनको सानदार जित हात पार्दै सुपर १२ को समूह ए बाट सेमिफाइनल नजिक पुगेको छ । ५ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले औपचारिक रुपमा सेमिफाइनलमा पुग्न अष्ट्रेलिया र इंग्ल्यान्डको नतिजा पर्खनुपर्ने हुन्छ ।

जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन बनायो । आयरल्यान्डका ओपनर एन्डी बलबिर्नी र पउल स्टर्लिङले ८.१ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्टर्लिङ २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३७ रनमा आउट भए । बलबिर्नी २५ बलमा ३ छक्कासहित ३० रनमा आउट भए । त्यसपछि भने अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ईश सोधीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । टिम साउथीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । विलिम्यसनले ब्यारी म्याकार्थीलाई डिप मिडविकेटमा छक्का हान्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।

तीव्र गतिका बलर जोशुवा लिटिलको १९ औं ओभरको दोस्रो बलमा केन विलियम्सन डेलानीबाट क्याच आउट भए । तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारलाई एलबीडब्लू गर्दै लिटिलले ह्याट्रिक पूरा गरे । उनी जारी विश्वकपमा युएईमा स्पिनर कार्तिक मयाप्पन दोस्रो खेलाडी हुन् । कार्तिकले श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।
टि२० विश्वकपमा ह्याट्रिक लिने उनी आयरल्यान्डका कर्टिस क्याम्फरपछि दोस्रो खेलाडी हुन् । क्याम्फरले गतवर्ष नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिक लिए । समग्रमा टि२० विश्वकपमा ह्याट्रिक गर्ने विश्वका छैटौं बलर हुन् ।
ओपनर फिन एलेनले १८ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा आउट हुँदै राम्रो सुरुवात दिलाए । डेभन कन्वे भने ३३ बलमा २ चौकासहित २८ रनमा आउट भए । ग्लेन फिलिप्स ९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए । डर्याल मिचेलले बलमा चौकासहित रन जोडे ।
आयरल्यान्डका जोशुवा लिटिलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । ग्यारेथ डेलानीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । सुपर १२ को समूह ए मा अष्ट्रेलियाले केहि समयमा अफगानिस्तानसँग खेल्नेछ । शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ ।
न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा छ । प्लस २.११३ छ । इंग्ल्यान्ड र अष्ट्रेलिया समान ५-५ अंक भएपनि नेनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । इंग्ल्यान्डको नेटरनरेट ०.५४७ छ । अष्ट्रेलियाको माइनस ०.३०४ छ । इंग्ल्यान्ड र अष्ट्रेलिया विजयी हुँदा समान ७ अंक हुन्छ । नेटरनरेटमा दुई टोली पुग्नेछन् । जसमा न्युजिल्यान्डको सम्भावना उच्च छ । न्युजिल्यान्डलाई पछि पार्न अष्ट्रेलियाले झण्डै १ सय ८५ र इंग्ल्यान्डले १ सय २८ रनले पराजित गर्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]