default_image

1 year ago

November 27, 2022

मिलनको ६ विकेटमा सुदूरको लगातार तेस्रो जित

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर मिलन बोहराको ६ विकेटमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय १३ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै सुदूर अंक शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १ सय रनमा अल आउट भयो । गण्डकीका गोविन्द विकले सर्वाधिक २२ रन बनाए । गण्डकीले राम्रो सुरुवात गरेको थियो ।

ओपनर गोविन्द विक र अर्जुन कुमालले पहिलो विकेटका लागि ९.२ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । गोविन्द स्पिनर नरेन्द्र साउदको बलमा २२ रनमा विकेटकिपर सुनिल चन्दबाट क्याच आउट भए । विकले ३० बलमा ५ चौका प्रहार गरे ।

एक समय गण्डकी १४ ओभरमा ६५–१ को अवस्थामा थियो । चोभार एण्डबाट आएका अर्थोडक्स स्पिनर मिलन बोहराले गण्डकीको ब्याटिङ धरासयी बनाएका थिए ।

गण्डकी मात्रै ३५ रन जोड्न ९ विकेट गुमायो । मिलनको १५ औं ओभरको पहिलो बलमा अर्जुन कुमाल कभरमा आकाश चन्दबाट २० रनमा क्याच भए । अर्जुनले ४० बलमा ३ चौका प्रहार गरेका थिए । मिलनले करन पंगेनीलाई १५ रनमा एलबीडब्लू आउट गरे ।

दीपक ड्रुमे २ रनमा रन आउट भए । सिब्रिन श्रेष्ठ मिलनको बलमा शून्यमा आउट भए । मिलनले सचिन अधिकारीलाई ७ र सुजन गौतमलाई शून्यमा आउट गर्दै पाँच विकेट पूरा गरेका थिए । कप्तान सुवास भण्डारीलाई १६ रनमा बोल्ड गर्दै ब्यक्तिगत ६ विकेट पूरा गरेका थिए । जारी प्रतियोगितामा ६ विकेट लिने उनी पहिलो खेलाडी हुन् ।

सुदूरका मिलन बोहराले ९.५ ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ६ विकेट लिए । आकाश चन्दले दुई र नरेन्द्र साउदले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम ४९।३ ओभरमा २ सय १३ रनमा अल आउट भयो । सुदूरका लागि तल्लोक्रमका ब्याटर आकाश चन्दले ४५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए ।

कप्तान अनुराग सिंहले ७१ बलमा ४ चौकासहित ३७ र मिलन बोहराले ३३ बलमा ४ चौकासहित २४ रन बनाए । कप्तान तथा स्पिनर सुवास भण्डारीले दुबै ओपनर दीपक बोहरा ११ र विशाल ऐरलाई ६ रनमा आउट गरेका थिए । गजेन्द्र बोहरा र सुनिल चन्द १९–१९ रनमा आउट भए । बायाँ हाते ब्याटर नरेन्द्र साउदले ३४ बलमा ४ चौकासहित २८ र हेमन्त धामीले १९ रन जोडे ।

गण्डकीका सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए । सुदीप अर्याल, निर्तेश गिरी, शिषिर भुषाल, सिब्रिन श्रेष्ठ, अर्जुन कुमाल र सचिनराज अधिकारीले एक एक विकेट लिए । सुदूर र बागमतीको समान तीन खेलमा ६(६ अंक भएपनि नेटरनरेटको कारण सुदूरशीर्ष स्थानमाछ ।

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ । मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको […]

Success

Thank you for your time.