default_image

1 year ago

November 28, 2022

ऋतुराजले हाने एकै ओभरमा ७ छक्का

215 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ओपनर ऋतुराज गायकवाडले विजय हजारे ट्रफीमा महाराष्टबाट एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् । ऋतुराज गायकवाडले भारतको ५० ओभरको लिष्ट ए मान्यता प्राप्त खेलमा उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का हानेका हुन् ।

क्रिकेट इतिहासमा एकै ओभरमा सात छक्का हाने पहिलो खेलाडी बन्दै कुल ४३ रनको दुर्लभ इतिहास रचेका छन् । एकै ओभरमा बनेको यो सर्वाधिक रन हो । ऋतुराजले ४९ औं ओभरमा शिव सिंहलाई सुरुवाती चार बलमा लगातार चार छक्का हानेका थिए । पाँचौं बलमा नो बलमा गायकवाडले छक्का हानेका थिए । त्यसपछिका बाँकी दुई बलमा लगातार छक्का हान्दै इतिहास रचेका हुन् । लगातार ६ छक्का हान्दा उनले आफ्नो दोहोरो शतक पनि पूरा गरेका थिए ।

क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा ७ छक्का पहिलो पटक प्रहार भएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको महाराष्ट्रले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३० रन बनायो । ऋतुराज गायकवाडले १ सय ५९ बलमा १० चौका र १६ छक्का हान्दै २ सय २० रनको अविजित विष्फोटक शतकीय इनिङ खेले ।

कप्तान समेत रहेका ऋतुराजले भारतबाट एक ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने ऋतुराजले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

२०२१ को आइपिएल उपाधि चेन्नईलाई जिताउन गायकवाडले १६ खेलमा एक शतक र ४ अर्धशतकसहित कुल ६ सय ३५ रन बनाएका थिए । २०२० को आइपिएलमा चेन्नई लिगबाट बाहिरएपछि गायकवाडले डेब्यू अवसर पाएका थिए । त्यसपछि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

विजय हजारे ट्रफीको यो दोस्रो क्वाटरफाइनल खेल हो । पहिलो क्वाटरफाइनलमा पन्जाब र कर्नाटका खेलेका छन् । तेस्रो क्वाटरफाइनल खेलमा झारखण्ड र आसामबीच प्रतिस्पर्धा भएको छ । चौथो क्वाटरफाइनलमा सौराष्ट्र र तामिलनाडु बीच प्रतिस्पर्धा जारी छ ।

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ । मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको […]

Success

Thank you for your time.