default_image

1 year ago

December 10, 2022

किशनको कीर्तिमानी दोहोरो शतकमा बंगलादेशलाई ४ सय १० रनको लक्ष्य

एजेन्सी – युवा बायाँ हाते ब्याटर ईशान किशनको दुर्लभ विश्व कीर्तिमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई ४ सय १० रनको विशाल लक्ष्य दिएको छ । जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ४ सय ९ रन बनायो । भारतका ईशान किशनले १ सय […]

127 views

0 Bookmark

एजेन्सी – युवा बायाँ हाते ब्याटर ईशान किशनको दुर्लभ विश्व कीर्तिमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई ४ सय १० रनको विशाल लक्ष्य दिएको छ ।

जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ४ सय ९ रन बनायो । भारतका ईशान किशनले १ सय ३१ बलमा २४ चौका र १० छक्कासहित २ सय १० रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेले ।

किशनले १ सय २६ बलमा २३ चौका र ९ छक्कासहित करिअरको पहिलो दोहोरो शतक हाने । सुरुवाती दुई खेलमा बंगलादेशसँग पराजित भएपछि भारतले यस सिरिजमा किशनलाई मौका दिएको थियो । किशनले कप्तान रोहित शर्मा घाईते भएपछि मौका पाएका थिए ।

किशनले त्यसको भरपूर्ण फाइदा उठाउँदै सानदार दोहोरो शतक हाने । ईशान किशनले वेस्टइन्डिजका विष्फोटक ब्याटर क्रिस गेलको २०१५ मा जिम्बावेविरुद्ध १ सय ३८ बलमा हानेको दोहोरो शतकको कीर्तिमान तोडे । ईशान भारतीय क्रिकेटमा ओडिआईमा रोहित शर्मा, सचिन्द तेन्दुलकर र विरेन्द्र सहवागपछि दोहोरो शतक प्रहार चौथो खेलाडी हुन् ।

भारतका रोहित शर्माले ओडिआईमा सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । रोहितले ओडिआई इतिहासकै सर्वाधिक २ सय ६४ रन श्रीलंकाविरुद्ध २०१४ मा प्रहार गरेका थिए । ईशान किशनले सुरुवाती ४९ बलमा मात्रै ५० रन जोडेका थिए । पहिलो ५० रन पूरा गर्न उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

५० रन पछि किशनले खेल्ने शैली परिवर्तन गरे । ८५ बलमा १४ चौका र २ छक्का हान्दै करिअरको शतक पूरा गरेका थिए । किशनले १ सय ३ बलमा १६ चौका र ८ छक्कासहित १ सय ५० रन पूरा गरेका थिए । रोहित शर्मा, सचिन तेन्दुलकर, क्रिस गेल, मार्टिन गुप्टिल, विरेन्द्र सहवाग र फखार जमानले दोहोरो शतक प्रहार गरेका थिए ।

विराट कोहली ९१ बलमा ११ चौका र २ छक्कासहित १ सय १३ रनमा आउट भए । कोहलीको यो ओडिआई करिअरको ४४ औं शतक हो । ओपनर शिखर धवन ३ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि कोहली र ईशान किशनले २ सय ९० रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

श्रेयस ऐर ३, लोकेश राहुल ८, वासिन्टन सुन्दर ३७ र अक्षर पटेल २० रन बनाए । बंगलादेशका तस्किन अहमद, इदाबेत हुसेन र सकिब अल हसनले दुई दुई विकेट लिए । तीन ओडिआई खेलको सिरिज बंगलादेशले २(० ले जिति सकेको छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.