default_image

1 year ago

December 17, 2022

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको मध्यम ब्याटिङ

एजेन्सी – घरेलु टोली पाकिस्तान तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमा मध्यम ब्याटिङ गर्दै अल आउट भएको छ । नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए […]

97 views

0 Bookmark

एजेन्सी – घरेलु टोली पाकिस्तान तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमा मध्यम ब्याटिङ गर्दै अल आउट भएको छ ।

नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए । बाबरको रन आउट पाकिस्तान भारी पर्यो ।

तल्लोक्रमका ब्याटर अघा सलमान ९३ बलमा ६ चौकासहित ५६ रनमा अल आउट भए । अन्य पाकिस्तानी ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । ओपनर अब्दुल्लाह शफिक ८ र शन मसुद ३० रनमा आउट भए । अजहर अली ६८ बलमा ६ चौकासहित ४५ रनमा आउट भए ।

साउद सकिल २३, मोहम्मद रिजवान १९, फहिम अशरार्फ ४ र नौमान अली २० रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले सर्वाधिक चार विकेट लिए । डेब्यु खेल खेलेका १८ वर्षीय युवा स्पिनर रेहान अहमदले दुई, ओली रोविन्सन, मार्क वुड र जो रुटले एक एक विकेट लिए ।

पहिलो दिन पहिलो इनिङमा ७–१ को अवस्थामा छ । ज्याक क्रलीलाई स्पिनर अब्रर अहमदले शून्यमा एलबीडब्लू आउट गरे । बेन डकेट ४ र ओली पप ३ रनमा क्रिजमा छन् । तीन टेस्ट खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै २–० ले जिती सकेको छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.