default_image

1 year ago

December 18, 2022

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाको ३४ रनको लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर तथा कप्तान प्याट कमिन्सको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३४ रनको सामान्य लक्ष्य दिएको छ । दक्षिण अफ्रिका दोस्रो इनिङमा ९९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका पहिलो इनिङमा ६६ रनले पछि परेको हुँदा समग्रमा ३३ रनको अग्रता लियो । तीव्र गतिका बलर हाबी […]

77 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर तथा कप्तान प्याट कमिन्सको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३४ रनको सामान्य लक्ष्य दिएको छ । दक्षिण अफ्रिका दोस्रो इनिङमा ९९ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिका पहिलो इनिङमा ६६ रनले पछि परेको हुँदा समग्रमा ३३ रनको अग्रता लियो । तीव्र गतिका बलर हाबी बनेको खेलमा दक्षिण अफ्रिका खया जन्डो ८५ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा अविजित रहे । अन्य कुनैपनि दक्षिण अफ्रिका ब्याटर क्रिजमा टिक्न सकेनन् ।

खराब ब्याटिङ गर्नेक्रममा दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ६९–९ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई अन्तिम विकेटका लागि लुन्गी एनगिडी र जन्डोले ३० रनको साझेदारी गरेका थिए । अन्तिम विकेटका रुपमा कमिन्सको बाउन्सर बलमा एन्गडी ९ रनमा डेविड वार्नरबाट आउट भए ।

ओपनर सारेल एर्वी तीन र कप्तान डिएन एल्गर दुई रनमा कमिन्सको बलमा आउट भए । मिचेल स्टार्कले रास्सी भान डर डुसेनलाई शून्यमा बोल्ड गरे । टेम्बा बभुमा ६१ बलमा ३ चौकासहित २९ रनमा स्पिनर नाथन लायनको बलमा एलबीडब्लू आउट भए ।

केशव महाराज १६, कागिसो रबाडा तीन, काइल भेरेन, मार्को यानसन र एनरिचन नोर्कियाले खाता खोल्न सकेनन् । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १२.४ ओभरमा ३ मेडन राख्दै ४२ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र स्कट बोलान्डले दुई दुई विकेट लिए ।

त्यसअघि दोस्रो दिन पहिलो सेसनमा घरेलु टोली अष्ट्रेलिया पहिलो इनिङमा २ सय १८ रनमा अल आउट भयो । मध्यक्रमका ब्याटर ट्रविस हेड ९६ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ९२ रनमा आउट भए । उनी टेस्ट करिअरको छैटौं शतक बनाउन मात्रै ८ रनले चुके । पछिल्लो समय हेडले सानदार प्रदर्शन गर्दै आएका छन् ।

पहिलो दिन अन्तिम समय तिर प्रमुख ब्याटर स्टिभ स्मिथ ६८ बलमा ३ चौकासहित ३६ रनमा तीव्र गतिका बलर एनरिच नोर्कियाको बलमा बोल्ड आउट भए । इनिङको पहिलो बलमै ओपनर डेविड वार्नर रोयल डक आउट हुन पुगेका थिए । ओपनर उस्मान खवाजा र मार्नस लाबुसेन ११–११ रनमा आउट भए ।

खवाजा नोर्किया र लाबुसेन मार्को यानसनको बलमा आउट हुन पुगे । एक समय २७–३ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टिभ स्मिथ र हेडले चौथो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काए । तर तल्लोक्रमका ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।

अष्ट्रेलिया एलेक्स केरी ३० बलमा २२ रनमा अविजित रहे । क्यामरिन ग्रीन १८ र मिचेल स्टार्कले १४ रन रन बनाए । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले सर्वाधिक चार विकेट लिए । मार्को यानसन तीन, एनरिच नोर्किया दुई र लुन्गी एनगिडीले एक विकेट लिए ।

त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका १ सय ५२ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका विकेटकिपर काइल भेरेन ९६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भए । टेम्बा बभुमाले ७० बलमा ३ चौकासहित ३८ रन जोडे ।

एक समय २७–४ को दयनीय अवस्थामा रहेपनि पाँचौं विकेटका लागि टेम्बा बभुमा र काइल भेरेनले ९८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर त्यसपछि भने लगातार विकेट गुमायो । चोटबाट फर्किएका रास्सी भान डर डुसेन ५ रनमा आउट भए । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्स र स्कट बोलान्डले दुई दुई विकेट लिए । स्पिनर नाथन लायनले तीन विकेट लिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.