default_image

1 year ago

December 19, 2022

१८ वर्षीय रेहानको पाकिस्तानविरुद्ध विश्व कीर्तिमान

एजेन्सी – युवा स्पिनर रेहान अहमदको डेब्यू खेलमै विश्व कीर्तिमानी प्रदर्शनमा इंग्ल्यान्ड तेस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध जित नजिक पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा १७ ओभरमा २ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ । इंग्ल्यान्डका ओपनर बेन डकेट ३८ बलमा ८ चौकासहित […]

73 views

0 Bookmark

एजेन्सी – युवा स्पिनर रेहान अहमदको डेब्यू खेलमै विश्व कीर्तिमानी प्रदर्शनमा इंग्ल्यान्ड तेस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध जित नजिक पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा १७ ओभरमा २ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ ।

इंग्ल्यान्डका ओपनर बेन डकेट ३८ बलमा ८ चौकासहित ५० रनमा अविजित छन् । इंग्ल्यान्डलाई अव जितको लागि मात्रै ५५ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । कप्तान बेन स्टोक्स १० रनमा अविजित छन् । इंग्ल्यान्ड चौथो दिन पहिलो सेसनमै जितका साथ तीन टेस्ट खेलको सिरिजमा क्लिनस्विप गर्ने सोचमा हुनेछ ।

ओपनर ज्याक क्रली र बेन डकेटले पहिलो विकेटका लागि मात्रै ११.३ ओभरमा ८७ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याए । क्रली ४१ बलमा ७ चौकासहित ४१ रन र रेहान अहमद १० रनमा आउट भए । पाकिस्तानका अब्रर अहमदले दुई विकेट लिएका छन् ।

त्यसअघि घरेलु टोली पाकिस्तान दोस्रो इनिङमा २ सय १६ रनमा अल आउट भयो । तर पहिलो इनिङमा ५० रनले पछि परेको हुँदा उक्त लक्ष्य दिएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ४ बलमा ७ चौकासहित सर्वाधिक ५४ रन बनाए । साउद सकिलले १ सय ३३ बलमा ६ चौकासहित ५३ रन बनाए ।

अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्य कुनैपनि पाकिस्तानी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर अब्दुल्लाह सफिकले २६, शन मसुद २४, अघा सलमान २१ र नौमान अलीले १५ रन बनाए ।

इंग्ल्यान्डका लेग स्पिनर रेहान अहमदले १४.५ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ५ विकेट लिए । उनी टेस्ट इतिहासमा सबैभन्दा कम उमेरमा पाँच विकेट लिने डेब्यू खेलाडी बनेका छन् । उनले १८ वर्ष १ सय २८ दिनमा यो उपलब्धी हात पारेका छन् ।

रेहानले अष्ट्रेलिया कप्तान प्याट कमिन्सको विश्व कीर्तिमान तोडेका हुन् । प्याट कमिन्सले १८ वर्ष १ सय ९६ दिनमा डेब्यूमा पाँच विकेट लिएका थिए । आफ्नो पुर्खौली देशविरुद्ध उनले यादगार डेब्यू गरे । रेहानका बुबा नइम अहमद पाकिस्तानबाट क्रिकेट खेलि सकेका छन् ।

टेस्ट करिअरको अन्तिम खेल खेलेका पाकिस्तानका अजहर अली शून्यमा आउट भए । स्पिनर ज्याक लिचको बलमा अजहर अली बोल्ड भएका थिए । उनलाई पाकिस्तानी खेलाडीले गार्ड अफ अर्नरको सम्मान समेत दिएका थिए । त्यस्तै लिचले तीन, जो रुट र मार्क वुडले एक एक विकेट लिए ।

त्यसअघि दोस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ५४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले १ सय ५० बलमा ८ चौका र ३ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेले । ब्रुकले पहिलो टेस्ट खेलमा १ सय ५३ रनको शतकीय इनिङ र ८७ रन जोडेका थिए । दोस्रो टेस्ट खेलमा ९ रन र १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

ब्रुक तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरको बलमा एलबीडब्लू आउट भए । विकेटकिपर बेन फोक्स १ सय २१ बलमा ६ चौकासहित ६४ रनमा आउट भए । छैटौं विकेटका लागि ब्रुक र फोक्सले १ सय १७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । तल्लोक्रमका मार्क वुडले ३५ र ओली रोविन्सनले २९ रन बनाए ।

पाकिस्तानका दुई स्पिनर नौमान अली र अब्रर अहमदले समान चार विकेट लिएपछि इंग्ल्यान्डले अग्रता भने ठूलो लिन सकेन । ओपनर ज्याक क्रली अहमदको बलमा शून्यमा एलबीडब्लू आउट भए ।

अलीले लगातार बेन डकेटलाई २६ र जो रुटलाई गोल्डेन डक पेभेलिएन फर्काए । बेन स्टोक्स भने २६ रनमा रन आउट भए । तेस्रो नम्बरका ब्याटर ओली पोपले ६४ बलमा ४ चौकासहित ५१ रनमा बोल्ड भए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए । बाबरको रन आउट पाकिस्तान भारी पर्यो ।

तल्लोक्रमका ब्याटर अघा सलमान ९३ बलमा ६ चौकासहित ५६ रनमा अल आउट भए । अन्य पाकिस्तानी ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । ओपनर अब्दुल्लाह शफिक ८ र शन मसुद ३० रनमा आउट भए । अजहर अली ६८ बलमा ६ चौकासहित ४५ रनमा आउट भए ।

साउद सकिल २३, मोहम्मद रिजवान १९, फहिम अशरार्फ ४ र नौमान अली २० रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले सर्वाधिक चार विकेट लिए ।

डेब्यु खेल खेलेका १८ वर्षीय युवा स्पिनर रेहान अहमदले दुई, ओली रोविन्सन, मार्क वुड र जो रुटले एक एक विकेट लिए । तीन टेस्ट खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै २–० ले जिती सकेको छ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.