default_image

3 years ago

December 21, 2022

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् ।

लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा उत्सव सिग्देल र मंगेश चौधरीले लिएका छन् । ‘हामी यो प्रतियोगिता खेल्न तयार छौं । आयोजक पनि तयार हुनुपर्छ’, शर्माले भने, ‘टोलीमा ठूला नाम गरेका खेलाडी छन् । हामी नेपाली क्रिकेटलाई राम्रो गर्न आएका हौं । मलाई लाग्छ सबै टोली र आयोजकको यहि लक्ष्य छ।’

‘विदेशी र स्वदेशी खेलाडीको राम्रो सम्मिश्रण छ । व्यवस्थापनका पक्षमा पनि हामीले ध्यान दिएका छौं । हामी एकजुट भएर प्रतियोगिताको लागि तयारी गर्दैछौं । ट्रस्ट, रेक्स्पेक्ट र लोयल्टी (विश्वास, सम्मान र निष्ठा) लाई जोड दिएका छौं । जसमा लोयल्टी हाम्रो मुख्य प्राथमिकतामा हुनेछ’, सन्जयले भने ।

पूर्व क्रिकेटर समेत रहेका चालिसेले यो आफ्नो सपना रहेको बताए । ‘यो नेपालमा मेरो सपना हो । यसले नेपाली क्रिकेटमा नयाँ परिवर्तन आउँछ । म पनि धेरै लामो समयपछि फर्किएको छु । यसले नेपाली क्रिकेटमा परिवर्तन ल्याउने छ । हामी राम्रो प्रदर्शन गर्नेछौं’, चालिसले भने ।

मुख्य प्रशिक्षक पिटर ट्रेगोले यो आफ्नो लागी पनि एउटा अवसर रहेको बताए । ‘मलाई अवसर दिएकोमा धन्यवाद । विशेषगरी सञ्जयलाई । यो एउटा मेरो लागि अवसर पनि हो । मलाई लाग्छ टोली युवा छ । यो तीन हप्ता हामी राम्रो क्रिकेट खेल्ने छौं । दीपेन्द्र टोलीका कप्तान हुनेछन्’, ट्रेगोले भने ।

पछिल्लोपटक ट्रेगो पोखरा‌ प्रिमियर लिगमा खेलेका थिए । त्यसबेला टोलीमा दीपेन्द्रसिंह ए‍ेरीसँग खेलेका उनले विगत सम्झँदै भने, ‘ मलाई आजपनि त्यो समय याद छ । ५ वर्षजति भयो होला । त्यसबेला नै म दीपेन्द्रको खेलबाट प्रभावित भएको थिएँ । कलिलो उमेरमै ठूलो सट प्रहार गर्थे । मैले आजसम्म उनीजस्तो फिल्डर मेरो करिअरमा देखेको छैन,’ लामो समय काउन्टी क्रिकेट खेलेका ट्रेगोले भने ।

टिमका प्रशिक्षक मनोज कटवालले धेरै खुसी लागेको बताए । ‘यो अवसर पाउँदा मलाई धेरै खुसी लागेको छ । बरदानहरुसँग मैले यू-१९ खेलि सकेको छु । टिमको व्यवस्थापन सबैभन्दा राम्रो छ । घरेलु क्रिकेटमा म सफल प्रशिक्षक बनेको छु । लुम्बिनीमा पनि निरन्तरता दिन चाहन्छु’, कटवालले भने ।

कप्तान दीपेन्द्रसिंह ऐरीले सबैलाई धन्यावाद दिए । टोलीमा आयरल्यान्डका ह्यारी टेक्टर र उन्मुक्त चन्द आइपुगेका छैनन् । यी दुवै खेलाडी आउनेक्रममा रहेको लुम्बिनीले जनाएको छ । अन्य खेलाडीले प्रशिक्षण थालिसकेका छन् ।

लुम्बिनीले कार्यक्रममा आफ्नो भिडियो र टिम एन्थम पनि सार्वजनिक गरेको छ । “हो हो, जित्नलाई आयो लुम्बिनी, खेल्नलाई आयो लुम्बिनी, भिड्नलाई आयो लुम्बिनी अल स्टार्स” टिम एन्थम छ ।’

अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गरिसकेको छ । नेपाल टि२० लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

लुम्बिनीले सबै टोलीसँग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष चारमा रहन सके प्लेअफ खेल्नेछ । शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ । फाइनल १० जनवरीमा हुनेछ ।

लुम्बिनीको टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तानं), कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, सुनिल धमला, गुलशन झा, योगेन्द्रसिंह कार्की, किशोर महतो, ईशान पाण्डे, अनिल कुमार शाह, तिलकराज भण्डारी, विपुल शर्मा, प्याट ब्राउन, हरमीत सिंह, लाहिरु मिलन्था, शड्ली भन सेक्किक, ह्यारी टेक्टर र उन्मुक्त चन्द ।

नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

अल स्टार्समा ७ विदेशी खेलाडी

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.