default_image

1 year ago

December 25, 2022

पोखराको नाटकीय ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा नाटकीय रुपमा ब्याटिङ गर्दा जनकपुर रोयल्सलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । पोखराका ओपनर आसिफ शेख ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक […]

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा नाटकीय रुपमा ब्याटिङ गर्दा जनकपुर रोयल्सलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो ।

पोखराका ओपनर आसिफ शेख ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । एक समय पोखरा ११.२ ओभरमा ९४-२ को बलियो अवस्थामा थियो । तर त्यसपछि नाटकीय रुपमा लगातार विकेट पतन हुँदा एक समय १७.४ ओभरमा १११-९ को अवस्थामा पुगेको थियो । पछि नवौं नम्बरका ब्याटर प्रतिश जिसीले १८ बलमा ४ छक्कासहित २८ रन जोडे ।

पोखरा सिद्धान्त लोहनीले दशौं ओभरमा जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथलाई एकै ओभरमा चार छक्का हाने । दशौं ओभरको सुरुवाती दुई बलमा लगातार सिद्धान्तले दुई छक्का हानेका थिए ।

तेस्रो बलमा दुई रन लिँदा त्यसपछि चौथो र पाँचौं बलमा लगातार दुई छक्का हानेका थिए । आठौं ओभरको पाँचौं बलमा आमिर हम्जा १८ रनमा आउट भएपछि कप्तान शरद भेषावकरले सिद्धान्तलाई ब्याटिङका लागि पठाएका थिए ।

सोमपाल कामीले उपुल थरंगालाई दुई रनमै क्याच आउट गराए । सिद्धान्त स्पिनर सराफूद्धिन अशरफको बलमा २९ रनमा बोल्ड भए । उनले १६ बलमा ४ छक्का हाने । अर्को ओभरमा कुशल मल्ल पवन सरार्फको बलमा दुई रनमा एलबीडब्लू आउट भए । दुई बलपछि आरिफ शेख शून्यमा एलबीडब्लू आउट भएपछि पोखरा १२.५ ओभरमा ९७–५ को अवस्थामा पुगेको थियो ।

ललित नारायण राजवंशीको बलमा ठूलो सट खेल्ने धुनमा मिस हुँदा कप्तान शरद भेषावकर दुई रनमा बोल्ड भए । ललितले अभिमन्यु मिथुनलाई दुई रनमा कट एण्ड बोल्ड आउट गरे । केस्रिक विलियम्सनले आसिफ शेखलाई आउट बोल्ड गरेपछि पोखरा १११–९ को दयनीय अवस्थामा पुगेको थियो ।

१९ औं ओभरमा प्रतिश जि.सीले मोहम्मद आदिल आलमलाई तीन छक्का हाने । अन्तिम ओभरको तेस्रो बलमा केस्रिकलाई प्रतिशले छक्का हाने । तर चौथो फुलटस बलमा भने उनी एलबीडब्लू आउट हुन पुगे ।

जनकपुरका केस्रिक विलियम्सले ३.४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन शरफले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

ललितनारायण राजवंशीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.