default_image

1 year ago

December 26, 2022

बर्ल काठमाडौंबाट खेल्दै, फार वेस्टमा दुई मात्रै विदेशी खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ […]

143 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

फार वेस्टका हशमतुल्लाह शाहिदी र उमेर अली ।

काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ । जिम्बावेका ब्याटिङ अलराउन्डर रयान बर्लसँगै मलेसिया ओपनर विरनदीपसिंह, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र इंग्ल्यान्डका एलेक्स ब्लेक चार विदेशी खेलाडीको रुपमा मैदान खेलाएको छ ।

यता फार वेस्टले भने दुई मात्रै विदेशी खेलाडी खेलाएको छ । अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदी र पाकिस्तानी मुलका उमेर अली खानलाई मैदान उतारेको छ । अफगानिस्तानका मोहम्मद शाहजाद भिषा समस्याको कारण नेपाल आएका छैनन् । फार वेस्टले बुझाएको १५ जनाको खेलाडीको सूचिमा तीन मात्रै विदेशी खेलाडी छन् । अहिले फार वेस्टको टोलीमा दुई मात्रै खेलाडी छन् ।

काठमाडौं नाइट्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो । फार वेस्ट युनाइटेड लुम्बिनी अल स्टार्ससँग ६७ रनले पराजित भएको थियो । लुम्बिनी अल स्टार्ससँगको खेलमा पनि दुई विदेशी खेलाडी मात्रै थिए । नेपाल टि२० लिगमा प्लेइङ ११ मा चार विदेशी खेलाडी खेलाउन पाइन्छ ।

फार वेस्ट युनाइटेडको प्लेइङ ११ : करण केसी, विनोेद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, वसन्त कार्की, हशमतुल्लाह शाहिदी र उमेर अली खान ।

काठमाडौंको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सन्तोष कार्की, रयान बर्ल, विरनदीप सिंह, आजमतुल्लाह ओमरजाई र एलेक्स ब्लेक ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.