3 years ago
December 28, 2022
एजेन्सी – भारतीय मध्यक्रमका ब्याटर मनिष पाण्डे र युवा ब्याटर रियान परागले रणजी ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मनिष पाण्डेले सानदार दोहोरो शतक हान्दा रियान परागले विष्फोटक इनिङ खेलेका छन् ।

कर्नाटका मध्यक्रमका ब्याटर मनिष पाण्डेले गोवाविरुद्ध १ सय ८६ बलमा १४ चौका र ११ छक्कासहित २ सय ८ रनको दोहोरो शतकीय इनिङ खेले । पाण्डेको दोहोरो शतकमा कर्नाटकाले पहिलो इनिङमा ७ विकेट गुमाउँदै ६ सय ३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो ।
कर्नाटका ओपनर रविकुमार समर्थले २ सय ३८ बलमा १४ चौकासहित १ सय ४० रनमा आउट भए । मनिष पान्डे २०२१ देखि भारतीय टोलीमा छैनन् । पान्डे मध्यक्रमका भरपर्दा ब्याटर हुन् । गत शुक्रबार आइपिएल अक्सनमा पान्डेलाई दिल्ली क्यापिटल्सले २ करोड ४० लाख भारुमा किनेको थियो ।
त्यस्तै आसमका युवा ब्याटर रियान परागले हैदराबादविरुद्ध दोस्रो इनिङमा २८ बलमा ८ चौका र ६ छक्कासहित ७८ रनमा आउट भए । आसमले हैदराबादविरुद्ध दोस्रो दिनको खेल सकिँदा १ सय ७९ रनको अग्रता लिएको छ । परागलाई आगमी भारतीय अलराउन्डरको रुपमा हेरिएको छ । परागले आइपिएल राजस्थान रोयल्सबाट खेल्ने गर्दछन् । राजस्थानका प्रमुख अलराउन्डर समेत हुन् ।

रणजी ट्रफी भारतको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता हो । रणजी खेल्ने एक खेलाडीको एक दिनको म्याच फि मात्रै ३५ हजार भारु हुन्छ । रणजी ट्रफी प्रथम श्रेणी मान्यता प्राप्त खेल हो । भारतका ३८ टोलीबीच प्रतिस्पर्धा हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]