default_image

3 years ago

December 29, 2022

‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले राम्रो क्रिकेट नखेल्दा सबैजना समर्थक निराश भएको बताएका छन् । काठमाडौंमा जारी नेपाल टि२० लिगमा अपेक्षा अनुसार समर्थक नआएपछि सोधिएको प्रश्नमा रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

विराटनगर सुपर किंग्सका उपकप्तान रोहितले पोखरा एभेन्जसलाई ८ विकेटले हराउँदा रोहित ५७ बलमा ६ चौका र ३ छक्कासहित ७१ रनमा अविजित रहे ।

‘मलाई के अनुभव हुन्छ भने हामीले राम्रो क्रिकेट खेलेनौं । त्यसले गर्दा अलिकति सबैजना निराश हुनुहुन्छ । यो कठिन समय हो । हामीलाई साथ दिनु । पछि सबैजनाले राम्रो गनेछौं’, रोहितले भने ।

नेपाल टि२० लिगले सुरुवाती तीन दिन तीन सय मूल्य राखेको थियो । पछि दर्शक नआएपछि मंगलबार देखि एक सयमा मूल्य संयोजन गर्यो । त्यसमा पनि दर्शक नआएपछि बुधबार देखि दर्शकलाई प्रवेश निशुल्क गराएको छ ।

समग्रमा हेर्दा नेपाली खेलाडीको प्रदर्शन भएको छैन । ‘लल्ली दाई (ललितनारायण राजवंशी) ले एकदमै राम्रो गर्नु भएको छ । अरु नेपाली खेलाडीको लागि यो अवसर हो । सबैले राम्रो खेलुन् भन्न चाहन्छु । मेरो कुरा गर्दा २०/३० रन लागेको थियो । त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेको थिएन । आज त्यो भएको छ । त्यसले आत्माविश्वास आएको छ । यसलाई पूरा प्रतियोगिता निरन्तरता दिन चाहन्छु’, रोहितले भने ।

नेपाल टि२० लिगमा नेपाली ब्याटरबाट अपेक्षा अनुसार प्रदर्शन हुन सकेको छैन । रोहितले सुरुवातलाई ठूलो इनिङमा बदल्नु पर्ने बताए ।

‘यो ब्याटिङलाई लिएर चिन्ता भन्दापनि अवसर सबैले पाएका छन् । त्यसलाई सदुपयोग गर्नुपर्छ । सबैले सुरुवात पाएको छ । त्यसलाई ठूलोमा बदल्नु पर्यो । विकेट (पिच) पहिला जस्तो छैन । त्यो आफुले बुझ्नु पर्यो । १० खेल हुँदा आफ्नो कमजोरीलाई छिटो ब्याक गर्नुपर्छ’, उनले भने ।

नेपाल टि२० लिगमा नेपाली ब्याटरकै संघर्ष

नेपाल टि२० लिगमा दर्शक : भित्र पस्नेभन्दा बाहिर बस्ने बढी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.